• जेष्ठ २६, २०८२
  • No Comment
  • 161

दुई वर्षमा साढे तीन लाख पर्यटकले चढे लुम्बिनी केबलकार

काठमाडौँ, ९ जेठ – दशकौँसम्म सुनसान रहेको पाल्पाको वसन्तपुर डाँडो आजभोलि पर्यटकले भरिएको रमणीय गन्तव्यमा रूपान्तरण भएको छ। लुम्बिनी केबलकार सञ्चालनमा आएपछि यो क्षेत्र धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनको केन्द्र बन्दै गएको छ।

बुटवल उपमहानगरपालिका–३ स्थित बमघाटमा रहेको तल्लो स्टेशनबाट पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा रहेको माथिल्लो स्टेशनसम्म जोडिएको लुम्बिनी केबलकारले सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। कम्पनीका अनुसार २०८० जेठ १५ गते व्यावसायिकरूपमा सेवा आरम्भ गरेको केबलकारको औपचारिक उद्घाटन सोही वर्षको जेठ २५ मा भएको थियो।

केबलकार सञ्चालनपछि दुई वर्षमा ३ लाख ५० हजारभन्दा बढी पर्यटकले यात्रा गरिसकेका छन्। तीमध्ये झण्डै ५० हजार भारतीय पर्यटक रहेका छन्। अघिल्लो वर्षको तुलनामा भारतीय पर्यटकको संख्या तीन गुणाले वृद्धि भएको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए। आर्थिक वर्ष २०८०/८१ मा भारतीय पर्यटकको हिस्सा ८ प्रतिशत थियो भने चालु वर्षमा त्यो २१ प्रतिशत पुगेको छ।

समुन्द्री सतहबाट एक हजार मिटर उचाइमा रहेको वसन्तपुर डाँडोमा अब केवल मन्दिर मात्र छैनन्, यहाँ जीपलाइन, स्काई साइकलिङ, आधुनिक पिङ (ज्वायन्ट स्वीङ), बाल उद्यान, रेष्टुरा, सेमिनार हलजस्ता संरचनाले पर्यटकलाई आकर्षण गरिरहेका छन्। गर्मी मौसममा यहाँको तापक्रम तराईको भन्दा ७–१० डिग्री सेल्सियस कम हुने भएकाले शीतल वायुले यो स्थानलाई अझ लोकप्रिय बनाएको छ।

लुम्बिनी केबलकारले पाल्पा तिनाउ–३ र बुटवल–३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। साथै, प्रति टिकट दुबै पालिकालाई एक–एक प्रतिशत कर प्रदान गर्दै आएको कम्पनीले जनाएको छ, जसले स्थानीय विकासमा सहयोग पुगेको छ। अस्ट्रियाको प्रसिद्ध डुपलमायर कम्पनीबाट निर्माण गरिएको यो केबलकार २.६ किलोमिटर लामो छ र २५ वटा गन्डोलाले दैनिक ६ हजार पर्यटकलाई ओसारपसार गर्न सक्छ।

केबलकारले बजार प्रवर्द्धनका लागि पनि विभिन्न योजना लागू गरेको छ – जस्तै जन्मदिनमा निःशुल्क यात्रा, प्रत्येक महिनाको १ गते साँझ विशेष महाआरती, ५० जना भन्दा बढीको समूहलाई विशेष छुट, तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा टिकटमा छुट।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *