- जेष्ठ २३, २०८२
- No Comment
- 17
संसद नचल्दा सभामुखले सम्झिए उखान– ‘पछार्ने थिएँ तर खुट्टै टेक्नै दिएन

२३ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले संसदको गतिरोध जारी राख्दा सभामुख सभामुख देवराज घिमिरे असन्तुष्ट बनेका छन् ।शुक्रबार काठमाडौंमा आयोजित डिप्लोमा इन्जिनियर्स एसोशिएसनको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा चल्न नसकेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।सभाको बैठक चल्न नसक्दा महत्वपूर्ण विधेयक अगाडि बढाउन नपाएको भन्दै उनले कानुन बनाउन सबै गम्भीर हुनुपर्ने बताए ।
‘यहाँहरुले देख्नु भएकै छ । हाम्रो गाउँघरतिर एउटा उखान छ– म पछार्न त पछार्ने थिएँ तर मलाई खुट्टै टेक्नै दिएन’ घिमिरेले स्मरण गरे । अर्थात, संसद नचल्दा कानुन निर्माण प्रक्रिया प्रभावित भएको उनको भनाइ छ । उनले अगाडि भने, ‘धेरै विधेयकलाई कानुनको रुपमा दिन तल्लिन छौं । तर, संसदै चल्न नसक्ने परिस्थिति निर्माण भइरहेको छ ।’