• जेष्ठ २३, २०८२
  • No Comment
  • 124

संसद नचल्दा सभामुखले सम्झिए उखान– ‘पछार्ने थिएँ तर खुट्टै टेक्नै दिएन

२३ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले संसदको गतिरोध जारी राख्दा सभामुख सभामुख देवराज घिमिरे असन्तुष्ट बनेका छन् ।शुक्रबार काठमाडौंमा आयोजित डिप्लोमा इन्जिनियर्स एसोशिएसनको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा चल्न नसकेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।सभाको बैठक चल्न नसक्दा महत्वपूर्ण विधेयक अगाडि बढाउन नपाएको भन्दै उनले कानुन बनाउन सबै गम्भीर हुनुपर्ने बताए ।

‘यहाँहरुले देख्नु भएकै छ । हाम्रो गाउँघरतिर एउटा उखान छ– म पछार्न त पछार्ने थिएँ तर मलाई खुट्टै टेक्नै दिएन’ घिमिरेले स्मरण गरे । अर्थात, संसद नचल्दा कानुन निर्माण प्रक्रिया प्रभावित भएको उनको भनाइ छ । उनले अगाडि भने, ‘धेरै विधेयकलाई कानुनको रुपमा दिन तल्लिन छौं । तर, संसदै चल्न नसक्ने परिस्थिति निर्माण भइरहेको छ ।’

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *