• जेष्ठ २३, २०८२
  • No Comment
  • 182

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा एकीकृत गरिने निर्णय भएको छ ।हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालनमा छन् । संघीय सरकारको निर्णय अनुसार यी दुई कार्यालय साउन महिनादेखि गाभिने तयारी भइरहेको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले भने, “चालु आर्थिक वर्षको असार मसान्तसम्म दुवै कार्यालयको छुट्टै राजस्व लक्ष्य र बजेट रहेकाले असार मसान्तपछि मात्रै एकीकरण हुनेछ । सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) र पददर्ता प्रक्रिया सम्पन्न भइसकेपछि साउन १ गतेदेखि गाभिनेमा हामी आशावादी छौँ ।”सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ । विश्व बैंकबाट रु ८२ करोड ऋण लिएर यस बन्दरगाहको निर्माण भएको हो भने भारत सरकारले रु २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क पनि निर्माण गरेको छ । यहाँ रेलमार्फत आयातित सामान सोझै ल्याइन्छ ।यस बन्दरगाहको व्यवस्थापन इन्टरमोडल यातायात विकास समितिले गर्दै आएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षको लागि रु ३ अर्ब ३३ करोडमा व्यवस्थापन ठेक्का सम्झौता भएको थियो, जुन असार मसान्तमा समाप्त हुँदैछ ।सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालय अन्तर्गतको सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । यो जाँचचौकी ११५ बिघा क्षेत्रफलमा फैलिएको छ र टिआरएस हिमालयन लोजी पार्क प्रालिले पाँच वर्षका लागि संचालन तथा व्यवस्थापन गर्दै आएको छ । सम्झौताअनुसार समितिलाई पाँच वर्षमा रु १ अर्ब ८० करोडभन्दा बढी पट्टाबाहल बुझाउँदै आएको छ ।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *