• जेष्ठ २३, २०८२
  • No Comment
  • 19

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा एकीकृत गरिने निर्णय भएको छ ।हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालनमा छन् । संघीय सरकारको निर्णय अनुसार यी दुई कार्यालय साउन महिनादेखि गाभिने तयारी भइरहेको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले भने, “चालु आर्थिक वर्षको असार मसान्तसम्म दुवै कार्यालयको छुट्टै राजस्व लक्ष्य र बजेट रहेकाले असार मसान्तपछि मात्रै एकीकरण हुनेछ । सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) र पददर्ता प्रक्रिया सम्पन्न भइसकेपछि साउन १ गतेदेखि गाभिनेमा हामी आशावादी छौँ ।”सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ । विश्व बैंकबाट रु ८२ करोड ऋण लिएर यस बन्दरगाहको निर्माण भएको हो भने भारत सरकारले रु २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क पनि निर्माण गरेको छ । यहाँ रेलमार्फत आयातित सामान सोझै ल्याइन्छ ।यस बन्दरगाहको व्यवस्थापन इन्टरमोडल यातायात विकास समितिले गर्दै आएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षको लागि रु ३ अर्ब ३३ करोडमा व्यवस्थापन ठेक्का सम्झौता भएको थियो, जुन असार मसान्तमा समाप्त हुँदैछ ।सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालय अन्तर्गतको सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । यो जाँचचौकी ११५ बिघा क्षेत्रफलमा फैलिएको छ र टिआरएस हिमालयन लोजी पार्क प्रालिले पाँच वर्षका लागि संचालन तथा व्यवस्थापन गर्दै आएको छ । सम्झौताअनुसार समितिलाई पाँच वर्षमा रु १ अर्ब ८० करोडभन्दा बढी पट्टाबाहल बुझाउँदै आएको छ ।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *