- जेष्ठ २२, २०८२
- No Comment
- 12
नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।
यससँगै बुधबार तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कायम भएको छ ।