• जेष्ठ २१, २०८२
  • No Comment
  • 143

बिहानको खाजामा भुलेर पनि नखानुहोस् यी चिजहरू 

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित सामाजिक सञ्जालमा सक्रिय मात्र होइनन्, उनी प्रायः आफ्ना स्वास्थ्य, फिटनेस र जीवनशैलीसम्बन्धी सामग्री शेयर गर्छिन्। यस्तैमा उनका श्रीमान् तथा पेशाले चिकित्सक डा. श्रीराम नेनेले हालै एक विशेष स्वास्थ्य सल्लाह दिएका छन् जसले बिहानको खाजासँग सम्बन्धित महत्वपूर्ण जानकारी दिन्छ।

डा. नेनेले आफ्नो इन्स्टाग्राममार्फत एक भिडियो शेयर गर्दै बिहानको खाजामा के–के नखानु राम्रो हुन्छ भन्ने विषयमा प्रकाश पारेका छन्। उनका अनुसार, बिहानको खाजा दिनको पहिलो खाना हुने भएकाले यो विशेष रूपले पोषणयुक्त र स्वास्थ्यवर्धक हुनु अत्यावश्यक छ।

यी चिजहरू बिहानको खाजामा नखानुहोस्:

  1. सेतो रोटी (White Bread):
    सेतो रोटीमा उच्च मात्रामा कार्बोहाइड्रेट र चिनी मिसाइएको हुन सक्छ, जसले मोटोपना, मधुमेह र मुटु रोगको जोखिम बढाउँछ।

  2. चिनीयुक्त सिरियल (Sugary Cereals):
    यस्ता सिरियलको ग्लाइसेमिक सूचकांक धेरै उच्च हुने भएकाले रगतमा चिनीको स्तर अचानक बढाउँछ, जसले हृदयसम्बन्धी समस्या निम्त्याउन सक्छ।

  3. फलफूलको रस (Fruit Juice):
    खाली पेटमा फलफूलको जुस पिउनु पाचन र दाँतको समस्याका साथै रक्तमा चिनीको मात्रा उच्च गराउने खतरा हुन्छ। जुसमा फाइबर कम हुने भएकाले यसको असर प्रतिकूल हुन सक्छ।

  4. प्रशोधित मासु (Processed Meat):
    बिहान प्रशोधित मासु खानु उच्च रक्तचाप, मुटु रोग र पाचन समस्या निम्त्याउने कारण हुन सक्छ।

  5. मीठो दही (Flavored Yogurt):
    यद्यपि दही स्वास्थ्यवर्धक हुन्छ, मीठो दही खाली पेटमा खाँदा पेटमा हुने एसिडले लाभदायक ब्याक्टेरिया नष्ट गरिदिन्छ।

डा. नेनेले सुझाव दिएका छन् कि बिहानको खाजामा ताजा फलफूल, साबुत अन्न, प्रोटिनयुक्त खाना, र पानीयुक्त पदार्थहरूलाई प्राथमिकता दिनुपर्छ। यसले न केवल दिनभर ऊर्जाशील बनाउँछ, स्वास्थ्यलाई दीर्घकालीन रूपमा लाभ पुर्‍याउँछ।

स्वस्थ जीवनशैलीका लागि यस्ता साना तर महत्वपूर्ण कुराहरूको ख्याल राख्नु अत्यन्त आवश्यक छ। तपाईं पनि यो जानकारीलाई आफ्नो दैनिकीमा समावेश गरेर स्वास्थ्य जीवनयापन गर्न सक्नुहुन्छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *