- जेष्ठ २०, २०८२
- No Comment
- 106
चौकुने राष्ट्रिय मा.वि.मा सार्वजनिक सुनुवाइ, सुधार योजना २०८२ र पुरस्कार वितरण सम्पन्न

चौकुने। श्री नेपाल राष्ट्रिय माध्यामिक बिधालय चौकुने २ लगामको बिधालयको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि चौकुने गाउँपालिका वडा न २ का वडा अध्यक्ष मायाराम जैसी रहनु भएको थियो भने विशेष अतिथिको रुपमा चौकुने गाउँपालिका वडा न १ का वडा अध्यक्ष तथा चौकुने गाउँपालिका गाउँ शिक्षा समिति सदस्य जीरक बडुवाल रहनु भएको थियो ।साथै बिधालयमा सेवा प्रदान गरेका शिक्षकहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, बिधालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका अध्यक्ष तथा सदस्यहरु, बिधार्थीहरु, अभिभावहरु उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि मायाराम जैसीले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनु भएको छ ।
नेपाल राष्ट्रिय माध्यामिक बिधालयको पुरस्कार वितरण, तथा सार्वजनिक सुनुवाइ कार्यक्रम उद्घाटन गर्दै राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा रहेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै पक्षले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताउनु भयो । दक्ष जनशक्ति विदेशिने क्रम जारी रहेकाले त्यसलाई रोक्न राज्यले शिक्षा क्षेत्रमा सुधार सँगसगै प्राविधिक ज्ञान, सीप र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
विद्यालय कार्यसम्पादन मूल्यांकनमा राम्रो भएकाले खुसी व्यक्त गर्दै यसले आगामी दिनहरुमा समग्र चौकुनेकै इज्जत बढाउने विश्वास ब्यक्त गर्नु भयो । विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्या समाधान गर्न आफू लागिपर्ने भन्दै उहाँले सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धितर्फ पालिकाले ध्यान केन्द्रित गर्दै थप योजना बनाउने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा उत्कृष्ट बिधार्थीहरुलाई नगद पुरस्कार वितरण गरिएको थियो।
उक्त कार्यक्रम मा बोल्दै चौकुने गाउँपालिकाका वडा न १ का वडा अध्यक्ष जीरक बडुवाले अब आउने आर्थीक बर्ष बाट शिक्षा क्षेत्र लाई बिशेष किसिमको बजेटको ब्यवस्था गरिएको र सामुदायीक बिद्यालयलाई चुस्त दुरुस्त बनाउने याेजना रहेको जानकारी दिनु भएको छ ।बिधालयका व्यवस्थापन समितिका अध्यक्ष अर्जुन सिहं बि क को अध्यक्षतमा भएको उक्त कार्यक्रममा बिधालय सुधार योजना २०८२ प्रतिवेदन मन बहादुर सिजापती मगरले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम संचालन ने रा मा बि लगामका प्रधानाध्यापक लाल बहादुर थापाले गर्नु भएको थियो ।