• जेष्ठ २०, २०८२
  • No Comment
  • 115

कर्णालीमा पर्यटन प्रवर्द्धन समिति गठन, निजी क्षेत्रको समेत सहभागिता

काठमाडौं। कर्णाली प्रदेश सरकारले पर्यटक आकर्षणका लागि पर्यटन प्रवर्द्धन समिति गठन गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत गठन गरिएको उक्त समितिमा निजी क्षेत्रका प्रतिनिधिहरू समेत समावेश छन्। समितिले प्रदेशको जैविक विविधता, प्राकृतिक सम्पदा, संस्कृति र कला प्रवर्द्धन गर्दै रोजगारी सिर्जनाको लक्ष्य लिएको छ।

पर्यटन ऐन २०७८ को दफा ४० को उपदफा २ को खण्ड (ख) अनुसार गठित समितिको अध्यक्षता मन्त्रालयका सचिवले गर्ने छन्। समितिका पदाधिकारीलाई पर्यटनमन्त्री सुरेश अधिकारीले नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।

समितिमा कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका पदमबहादुर शाही, मुगु होटल व्यवसायी संघ ‘रारा’का देवीकृष्ण रोकाया, सुर्खेतका पर्यटन व्यवसायी भानुभक्त खड्का, आर्थिक मामिला तथा योजना मन्त्रालयका महेन्द्रजंग शाही, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका रमेश सुनार र फोटो पत्रकार भरतराज थापा सदस्यको रूपमा रहेका छन्।

समितिको कार्ययोजनामा ट्रेकिङ र र्‍याफ्टिङ जस्ता साहसिक पर्यटन गतिविधिका पूर्वाधार निर्माण र प्रवर्द्धन, नदी, ताल र पोखरीको संरक्षण, सांस्कृतिक सम्पदा र जैविक विविधताको अभिलेखिकरण तथा प्रवर्द्धन, र वातावरणमैत्री पर्यटन गतिविधि सञ्चालन लगायतका विषयहरू समेटिएका छन्।

कर्णाली प्रदेशमा अपार पर्यटकीय सम्भावना हुँदाहुँदै पनि पर्यटकको कम उपस्थिति रहेको अवस्थालाई मध्यनजर गर्दै समिति गठन गरिएको हो। समितिको सक्रियतामा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई कर्णाली प्रदेशतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *