• जेष्ठ १०, २०८२
  • No Comment
  • 112

आजको मौसम : देशभरका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। आज देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावसहित बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती लगायतका प्रदेशहरूका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम प्रायः सफा रहनेछ। केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागहरूमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

देशका विभिन्न पहाडी तथा तराई क्षेत्रहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा हुन सक्नेछ।

 

बंगालको खाडीको उत्तर-पश्चिम र दक्षिण-पश्चिमका अधिकांश भू-भागहरूमा मनसुनको आगमन भइसकेको छ। हाल मनसुन माल्दिभ्स, श्रीलङ्का लगायत क्षेत्रहरूमा सक्रिय रहँदै जमिनतर्फ अगाडि बढ्दैछ।

 

महाशाखाले मेघगर्जन, चट्याङ्ग र वर्षाको सम्भावनालाई ध्यानमा राख्दै उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन सुझाव दिएको छ। यात्रु तथा कृषकहरूलाई मौसम अनुकूल योजना बनाउन अनुरोध गरिएको छ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *