- जेष्ठ ५, २०८२
- No Comment
- 9
लागु पदार्थ दुर्व्यसन र बालबिवाह सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

चौकुने। चौकुने गाउँपालिका स्थित गुटुमा रहेको ईलाका प्रहरी कार्यलय गुटुले चौकुने गाउँपालिका शिक्षा तथा खेलकुद बिकास शाखाको आयोजनामा स्कुलहरुमा लागु पदार्थ दुब्यसनी र बालबिवाह सम्बन्धि जनचेतनामूलक कार्यक्रम सुरु गरेको हो । लागु पदार्थ दुर्व्यसन र बालबिवाहले समाजमा पार्ने नकारात्मक असरहरुको बारेमा प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा प्रहरीले जनचेतना अभियान सुरु गरेको ईलाका प्रहरी कार्यलय गुटुका प्रहरी सहायक निरिक्षक अनिल कुमार शाहीले जानकारी दिनु भएको छ ।
स्कुलमा पढने बिद्यार्थी लागु औषध दुर्व्यसनमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उदेश्य स्वरुप प्रहरीले चौकुनेका स्कुलहरुमा अभियान सुरु गरेको छ । युवा तथा बिद्यार्थीहरु नै लागु औषधमा फस्न सक्ने र बिद्यार्थीहरुले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरु प्रवाह गर्न मदत गर्न सक्ने भएकाले स्कुलहरुमा जनचेतना मुलक कार्यक्रम सुरु गरिएको प्रहरी सहायक निरिक्षक शाहीले बताउनु भएको छ । लागु औषधको प्रयोगबाट युवा पिडिमा पर्ने असरहरुले समाज पार्ने नकरात्क घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी गराइएको थियो । बिद्यार्थीहरु लाई लागू औषध भनेको के हो, लागू पदार्थ सेवन गर्दा का बेफाईदाहरु, समाज मा कस्ता असर पार्छ र कसरी निबारण गर्न सकिन्छ भन्ने जानकारी दिनु भएको थियो । नेपालमा खासगरी युवा पुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ ।
शिक्षा तथा खेलकुद बिकास शाखा प्रमुख टेकेन्द्र वुढाले बिद्यार्थीहरुलाई लागु औषधको प्रभावले मानब शरीरको केन्द्रीय स्नायु प्रणालीमा असर पार्ने जानकारी गराउँदै प्रयोगको मात्रा बढ्दै गएपछि मानिसको मृत्यु गराउने सम्म पुग्ने भएकाले सचेत रहन आग्रह गर्नु भएको थियो । सामाजिक संस्कार बिगार्ने,अपराध बढ्ने,दक्ष जनशक्ति कुलतमा फस्ने,अर्थ व्यवस्थालाई ध्वस्त बनाउने, जस्ता समस्याहरु लागुऔषधद्वरा सृजित जटिल सामाजिक समस्या आइपर्ने जस्ता जटिलताहरु बताउनु भएको थियो ।कार्यक्रममा श्री जीवन ज्योति मा बि का प्रधानाध्यापक भानुभक्त घिमिरे ,स्थानीय विपद ब्यबस्थापन शाखा प्रमुख पदम राज शर्मा ,वडा न ६ का वडा अध्यक्ष गोबिन्द थापा लगायतको उपस्थिति रहेको थियो ।
