- जेष्ठ ३, २०८२
- No Comment
- 121
कर्णालीसहित यी चार प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी र अरब सागरबाट पनि आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
पछिल्लो एक घन्टामा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा छिटपुट वर्षा भएको रेकर्ड छ।
शुक्रबार बेलुका भने हावाहुरीसहितको वर्षाले विभिन्न भूभागमा भौतिक तथा मानवीय क्षति भएको थियो।
पछिल्लो चौबीस घन्टामा देशका अधिकांश भूभागमा वर्षा भएको छ।
शनिबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च(पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
केही स्थानहरूमा गर्मीका कारण तथा थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग् सहित हल्का देखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



