• बैशाख २४, २०८२
  • No Comment
  • 192

प्रदेश अस्पतालमा शल्यक्रिया सेवा बन्द

तनहुँ, वैशाख २४, गते । प्रदेश अस्पताल दमौलीमा प्रसुति सेवा प्रभावित भएको छ । सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौंमा पुर्‍याउनु पर्ने बाध्यता भएको हो ।
गाइनोलोजिष्ट नहुँदा शल्यक्रिया सहितको विशेषज्ञ सेवा साढे दुई महिना अघि देखि बन्द भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सुचारु रहे पनि शल्यक्रिया गर्नुपर्ने महिलालाई दैनिक बाहिर पठाउनु पर्ने बाध्यता रहेको प्रदेश अस्पताल दमौलीका मेटिकल सुपरीटेन्डेन डा. परिवर्तन बरालले जानकारी दिनुभयो । गाइनोलोजिष्ट डा. रामबहादुर विष्ट साढे दुई महिना अघि सरुवा भएर भक्तपुरस्थित क्यान्सर अस्पताल गएपछि सेवा प्रभावित भएको बराले बताउनुभयो ।
रालले भन्नुभयो,“गाइनोलोजिष्ट नहुँदा सेवा प्रभावित भएको सम्बन्धित निकायमा जानकारी गराएको छु तर सुनुवाई नहुँदा सेवा प्रभावित भएको छ ।

“दैनिक कम्तिमा एक जनालाई सर्जन नहुँदा बाहिर पठाउनु परेको उहाँ बताउनुहुन्छ । एनेस्थेसिए सहायक र स्त्री रोग विशेषज्ञका लागि गण्डकी प्रदेश सरकारले मासिक तलब र व्यास नगरपालिकाले भत्ता दिने व्यवस्था गरिएपछि एक वर्ष अघि सेवा सुरु गरिएको बरालले बताउनुभयो । यसअघि पनि विशेषज्ञको अभावमा सामान्य प्रसूति सेवाले निरन्तरता पाए पनि शल्यक्रिया गर्नुपर्ने जटिल प्रकारका गर्भवतीलाई पोखरालगायत ठूला अस्पतालमा पठाउने गरिएको थियो ।
गर्भवती महिलालाई औषधी लगाएर सामान्य डेलिभरी गराउने गरिएकोमा हाल महिलामा प्रेसर, सुगर भएमा, बच्चाको टाउको ठुलो भएमा, बच्चा ठुलो भएर जन्माउन समस्या भएमा जटिल अप्रेसन गरी बच्चा जन्माउने सुविधा बन्द भएको छ । एक वर्षको अवधिमा २५० जनाले शल्यक्रियाको सुविधा लिएको प्रशासनले जनाएको छ । प्रदेश अस्पताल दमौली तनहुँको जिल्ला स्तरीय अस्पताल हो ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *