• बैशाख १७, २०८२
  • No Comment
  • 37

२ केजी लागूऔषधसहित जाजरकोटका ५३ वर्षीय घर्ति पक्राउ

जाजरकोट । भेरी नगरपालिका १ रिम्ना बजारस्थित जाजरकोट डोल्पा सडक खण्डमा लागूऔषध (अफिम) सहित एक पुरुष पक्राउ परेका छन ।
पक्राउ पर्नेमा नलगाड नगरपालिका–३ निवासी अन्दाजी ५३ वर्षीय बिष्णु बहादुर घर्ति रहेका छन् ।

सोमबार बेलुका करिब ७ बजे इलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी नायव निरीक्षक शिउ कुमार चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले लु १ ज ३९२६ नम्बरको जिप जाँच गर्दा २ केजी ५२० ग्राम लागूऔषध (अफिम) फेला परेको हो।

जाजरकोटको बारेकोटदेखि नेपालगञ्जतर्फ गाडी जादै गरेको बोलेरो चेकजाँचको क्रममा   जिपमा सवार घर्तिको साथमा रहेको झोलाभित्र लुकाई छिपाई राखिएको (अफिम) जस्तो देखिने लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए।

पक्राउ परेका घर्तिलाई जाजरकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी डाँगीले जानकारी दिएका छन्।

सम्बन्धित खबर

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *