• बैशाख १७, २०८२
  • No Comment
  • 135

२ केजी लागूऔषधसहित जाजरकोटका ५३ वर्षीय घर्ति पक्राउ

जाजरकोट । भेरी नगरपालिका १ रिम्ना बजारस्थित जाजरकोट डोल्पा सडक खण्डमा लागूऔषध (अफिम) सहित एक पुरुष पक्राउ परेका छन ।
पक्राउ पर्नेमा नलगाड नगरपालिका–३ निवासी अन्दाजी ५३ वर्षीय बिष्णु बहादुर घर्ति रहेका छन् ।

सोमबार बेलुका करिब ७ बजे इलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी नायव निरीक्षक शिउ कुमार चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले लु १ ज ३९२६ नम्बरको जिप जाँच गर्दा २ केजी ५२० ग्राम लागूऔषध (अफिम) फेला परेको हो।

जाजरकोटको बारेकोटदेखि नेपालगञ्जतर्फ गाडी जादै गरेको बोलेरो चेकजाँचको क्रममा   जिपमा सवार घर्तिको साथमा रहेको झोलाभित्र लुकाई छिपाई राखिएको (अफिम) जस्तो देखिने लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए।

पक्राउ परेका घर्तिलाई जाजरकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी डाँगीले जानकारी दिएका छन्।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *