• बैशाख १२, २०८२
  • No Comment
  • 58

विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन

जनकपुरधाम। धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ । विष सेवनवाट गम्भीर हुनुभएकी आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत सोमबार गहुँमा राख्ने विषादी सेवनबाट आमा बिरामी र तीन छोराछोरीको मृत्य भएको थियो । तीन छोराछोरी छ वर्षीय आदित्य साह, चार
वर्षीया आकृती साह र दुई वर्षीया छोरी आरुती साहको घटनास्थलमै मृत्यु भएको थियो । यदुकोहाका सुशील साहका मृतक पवित्रा साह श्रीमती हुन् ।

विष सेवन गरेकी आमा पवित्रा साहको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो । गर्भवती पवित्राको शल्यक्रिया गरेर शिशु निकालिएको थियो । शिशुको अवस्था सामान्य रहेको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिए।

पारिवारिक विवादका कारण घटना भएको प्रहरीको अनुमान रहेको छ । हाल घटनाको अनुसन्धान भइरहको छ ।

सम्बन्धित खबर

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…
साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण

साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री…

सुर्खेत — निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको उत्तरदायित्व र सद्भावको एउटा उदाहरण स्वरूप, साउथ एशियन स्कलर्स एकेडेमी, वीरेन्द्रनगर–३ बाट नजिकैको सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *