• बैशाख ३, २०८२
  • No Comment
  • 119

काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का 

काठमाडौँ । आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरूमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ः०५ बजे ५ म्याग्निच्युडको भूकम्प गएको हो, जसको केन्द्रविन्दु चीनको डिङ्जे क्षेत्रमा, नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा रहेको जनाइएको छ।

यसअघि पनि पछिल्ला दिनमा देशका विभिन्न भागहरू, विशेषगरी जाजरकोट जिल्लामा भूकम्पीय गतिविधि सक्रिय देखिएको छ। मंगलबार बिहान ४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिका–५ स्थित पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

यसैगरी, सोमबार राति ९ः३१ बजे सोही स्थानमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। यद्यपि, यी भूकम्पहरूले मानवीय वा भौतिक क्षति पुर्‍याएको विवरण प्राप्त भइसकेको छैन।

राष्ट्रिय केन्द्रका अनुसार चैत २१ गते साँझ ८ः०७ र ८ः१० बजे जाजरकोटको पैंकलाई केन्द्रविन्दु बनाएर क्रमशः ५.२ र ५.५ म्याग्निच्युडका दुई भूकम्प गएका थिए। ती भूकम्पहरूले केही घरमा सामान्य क्षति पुर्‍याएको उल्लेख गरिएको छ।

त्यसअघि, चैत २० गते दार्चुला जिल्लामा ४ म्याग्निच्युड र चैत १२ गते हुम्लामा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *