• बैशाख ३, २०८२
  • No Comment
  • 49

काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का 

काठमाडौँ । आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरूमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ः०५ बजे ५ म्याग्निच्युडको भूकम्प गएको हो, जसको केन्द्रविन्दु चीनको डिङ्जे क्षेत्रमा, नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा रहेको जनाइएको छ।

यसअघि पनि पछिल्ला दिनमा देशका विभिन्न भागहरू, विशेषगरी जाजरकोट जिल्लामा भूकम्पीय गतिविधि सक्रिय देखिएको छ। मंगलबार बिहान ४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिका–५ स्थित पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

यसैगरी, सोमबार राति ९ः३१ बजे सोही स्थानमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। यद्यपि, यी भूकम्पहरूले मानवीय वा भौतिक क्षति पुर्‍याएको विवरण प्राप्त भइसकेको छैन।

राष्ट्रिय केन्द्रका अनुसार चैत २१ गते साँझ ८ः०७ र ८ः१० बजे जाजरकोटको पैंकलाई केन्द्रविन्दु बनाएर क्रमशः ५.२ र ५.५ म्याग्निच्युडका दुई भूकम्प गएका थिए। ती भूकम्पहरूले केही घरमा सामान्य क्षति पुर्‍याएको उल्लेख गरिएको छ।

त्यसअघि, चैत २० गते दार्चुला जिल्लामा ४ म्याग्निच्युड र चैत १२ गते हुम्लामा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

सम्बन्धित खबर

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…
साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण

साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री…

सुर्खेत — निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको उत्तरदायित्व र सद्भावको एउटा उदाहरण स्वरूप, साउथ एशियन स्कलर्स एकेडेमी, वीरेन्द्रनगर–३ बाट नजिकैको सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *