• चैत्र २५, २०८१
  • No Comment
  • 192

औलो रोग सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गुटु स्वास्थ्य चौकीमा सम्पन्न

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिकामा सामुदाय स्तरीय औलोरोग सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । चौकुने गाउँपालिका स्वास्थ्य शाखा गुटुको आयोजनामा गुटु स्वास्थ्य चौकीमा कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिकाको विभिन्न ठाउँमा औलोरोगको समस्या बढी देखिन सक्ने भन्दै त्यसबाट बच्नको लागी कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

अभिमुखिकरण कार्यक्रममा औलोरोगको बारेमा जानकारी गराउनुका साथै यो रोग लाग्नुका कारण, सर्ने तरिका, जिवनचक्र, लक्षण/चिन्ह, औलोरोगको अवस्था, उपचार विधि, र नियन्त्रण गर्ने उपाए लगाएतको बारेमा जानकारी गराइएको थियो । चौकुने गाउँपालिका वडा न ८ का अध्यक्ष स्वास्थ्य चौकी गुटुका ब्यबस्थापक तथा संचालक समितिका संयोजक कमल जि सी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गुटु स्वास्थ्य चौकीका स्वास्थ्यकर्मिहरु शिक्षकबर्ग लगायत विभिन्न सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?

कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने…

बालबालिकामा कब्जियत एक सामान्य स्वास्थ्य समस्या भए पनि समयमै ध्यान नदिँदा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार असन्तुलित खानपान, जंकफुडको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *