• चैत्र २५, २०८१
  • No Comment
  • 154

औलो रोग सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गुटु स्वास्थ्य चौकीमा सम्पन्न

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिकामा सामुदाय स्तरीय औलोरोग सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । चौकुने गाउँपालिका स्वास्थ्य शाखा गुटुको आयोजनामा गुटु स्वास्थ्य चौकीमा कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिकाको विभिन्न ठाउँमा औलोरोगको समस्या बढी देखिन सक्ने भन्दै त्यसबाट बच्नको लागी कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

अभिमुखिकरण कार्यक्रममा औलोरोगको बारेमा जानकारी गराउनुका साथै यो रोग लाग्नुका कारण, सर्ने तरिका, जिवनचक्र, लक्षण/चिन्ह, औलोरोगको अवस्था, उपचार विधि, र नियन्त्रण गर्ने उपाए लगाएतको बारेमा जानकारी गराइएको थियो । चौकुने गाउँपालिका वडा न ८ का अध्यक्ष स्वास्थ्य चौकी गुटुका ब्यबस्थापक तथा संचालक समितिका संयोजक कमल जि सी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गुटु स्वास्थ्य चौकीका स्वास्थ्यकर्मिहरु शिक्षकबर्ग लगायत विभिन्न सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *