• चैत्र २५, २०८१
  • No Comment
  • 160

जापानमा बिरामी बोकेको हेलिकोप्टर दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं। जापानको दक्षिणी क्षेत्रमा एक मेडिकल प्रयोजनका लागि प्रयोग गरिएको हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अन्य तीन जनाको जीवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ।

दुर्घटनाग्रस्त हेलिकोप्टर समुद्रमा खसेपछि जापानी तटीय रक्षकहरूले तीनवटा पानी जहाजमार्फत उद्धार कार्य सञ्चालन गरेका थिए।
दुर्घटनामा ३४ वर्षीय डा. केई अराकावा, ८६ वर्षीय बिरामी मित्सुकी मोटैसी र ६८ वर्षीय बिरामी हेरचाहकर्ता काजुयुसी मोटैसैनीको मृत्यु भएको पुष्टि गरिएको छ।

उद्धार गरिएकामध्ये पाइलट हिरोसी हामाडा, प्राविधिक कजुटो योशिताके र २८ वर्षीया नर्स साकुरा कुनिताके रहेका छन्।

हेलिकोप्टर दुर्घटनाको कारणबारे अहिले अनुसन्धान जारी रहेको जापानी अधिकारीहरूले जनाएका छन्।

सम्बन्धित खबर

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…
चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

सुर्खेत।  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) प्रदेश स्तरीय कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *