- चैत्र २५, २०८१
- No Comment
- 57
जापानमा बिरामी बोकेको हेलिकोप्टर दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं। जापानको दक्षिणी क्षेत्रमा एक मेडिकल प्रयोजनका लागि प्रयोग गरिएको हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अन्य तीन जनाको जीवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ।
दुर्घटनाग्रस्त हेलिकोप्टर समुद्रमा खसेपछि जापानी तटीय रक्षकहरूले तीनवटा पानी जहाजमार्फत उद्धार कार्य सञ्चालन गरेका थिए।
दुर्घटनामा ३४ वर्षीय डा. केई अराकावा, ८६ वर्षीय बिरामी मित्सुकी मोटैसी र ६८ वर्षीय बिरामी हेरचाहकर्ता काजुयुसी मोटैसैनीको मृत्यु भएको पुष्टि गरिएको छ।
उद्धार गरिएकामध्ये पाइलट हिरोसी हामाडा, प्राविधिक कजुटो योशिताके र २८ वर्षीया नर्स साकुरा कुनिताके रहेका छन्।
हेलिकोप्टर दुर्घटनाको कारणबारे अहिले अनुसन्धान जारी रहेको जापानी अधिकारीहरूले जनाएका छन्।