• चैत्र १९, २०८१
  • No Comment
  • 213

मलेसियामा ग्यास पाइप विस्फोट, ३३ जना घाइते

क्वालालम्पुर, मलेसिया – मलेसियाको क्वालालम्पुर नजिकै रहेको पुत्रा हाइट्स क्षेत्रमा मंगलबार बिहान एक ग्यास पाइप विस्फोट भएपछि भीषण आगलागी भएको छ । अधिकारिहरूका अनुसार घटनामा ३३ जना घाइते भएका छन्, जसमध्ये ६ जनालाई अस्पताल भर्ना गरिएको छ । अग्निनियन्त्रण विभागका निर्देशक वान मोहम्मद रजाली वान इस्माइलका अनुसार ग्यास पाइप विस्फोटनका कारण आगलागी भएको हो ।

घटनास्थलबाट देखिएको अग्नि र धुवाँको मुस्लो धेरै किलोमिटरसम्म फैलिएको थियो । सुरक्षाका लागि वरपरका घरहरू खाली गराइएको छ । घरभित्र फसेका व्यक्तिहरूको उद्धारकार्य जारी छ ।

सेलाङ्गोर राज्यबाट ठूलो संख्यामा अग्निनियन्त्रकहरू घटनास्थलमा परिचालित भएका छन् ।

मलेसियाको राष्ट्रिय तेल कम्पनी पेट्रोनास का अनुसार बिहान ८स्१० बजे ग्यास पाइपलाइन विस्फोट भएपछि आगलागी सुरु भएको थियाे । घटनालगत्तै प्रभावित पाइपलाइनलाई अलग गरिए पनि सतर्कताका रूपमा नजिकै रहेका तीनवटा ग्यास स्टेसन अस्थायी रूपमा बन्द गरिएका छन् ।

अहिलेसम्म आगलागी नियन्त्रणमा आएको जानकारी प्राप्त भएको छैन । घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।

 

 

 

 

 

 

 

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *