• चैत्र १५, २०८१
  • No Comment
  • 158

काठमाडौंमा तोडफोड र आगजनीकाे अभियोगमा सरकारद्धारा दुर्गा प्रसाईं पक्राउको आदेश

काठमाडौंमा आज भएको राजावादी प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाटको अभियोगमा सरकारद्वारा दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश जारी गरिएको छ। प्रहरीले उनीविरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइसकेको छ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, आन्दोलनको अघिल्लो दिन प्रसाईंले केही व्यक्तिहरूसँग दमनको अवस्था सिर्जना गर्ने, एक–दुई जनाको ज्यान जाने अवस्था आएपछि नेताहरूका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने योजना बनाएको भिडियो भेटिएको छ। यसै आधारमा उनलाई पक्राउ गर्न निर्देशन दिइएको हो।

यसैबीच, यौनिक अल्पसंख्यक अधिकारकर्मी सुनिलबाबु पन्तले पनि दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको उजुरी दर्ता गराएका छन्।

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंलाई आजको अराजक घटनाका मुख्य योजनाकारको रूपमा औंल्याउँदै उनीहरूलाई जिम्मेवार ठहर गरेको छ। प्रहरीले प्रसाईंको खोजी तीव्र गरेको प्रहरिले जनाएकाे छ।

 

सम्बन्धित खबर

पहिले सूचना लुकाउँदा अहिले बर्डफ्लुको जोखिम

पहिले सूचना लुकाउँदा अहिले बर्डफ्लुको जोखिम

 काठमाडौं । ललितपुरस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण फैलिएको विषय समयमै सार्वजनिक नगरिएको आरोपपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई…
सुर्खेतमा जबरजस्ती करणी मुद्दामा फरार रहेका रिजाल पक्राउ

सुर्खेतमा जबरजस्ती करणी मुद्दामा फरार रहेका रिजाल पक्राउ

सुर्खेत । जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११…
सदस्यता अद्यावधिकका नाममा सदस्यता खारेज गर्ने निर्णयप्रति कांग्रेसभित्र असन्तुष्टि

सदस्यता अद्यावधिकका नाममा सदस्यता खारेज गर्ने निर्णयप्रति कांग्रेसभित्र असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता अद्यावधिक नगरेका व्यक्तिलाई पार्टी सदस्य नरहने भनिएको अभिव्यक्तिप्रति असन्तुष्टि देखिएको छ। सभापतिले झापामा आयोजित कार्यक्रममा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *