• चैत्र ८, २०८१
  • No Comment
  • 166

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रका थोरै ठाउँहरूमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा हुन सक्छ। तराई क्षेत्रमा भने कोशी र मधेस प्रदेशमा मात्र वर्षाको सम्भावना रहेको छ।

चैत ९ गते पनि हिमाली क्षेत्रका केही स्थानमा हिउँ पर्ने र पहाड तथा तराईका कतिपय ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ।

चैत १० गते कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ भने ती प्रदेशका पहाडी र तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा मेघ गर्जनसहित पानी पर्न सक्ने विभागले जनाएको छ।

सम्बन्धित खबर

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *