• चैत्र ७, २०८१
  • No Comment
  • 238

जाजरकाेटकाे विरेन्द्र हिमालय मा. वि मा शान्तिपुर्ण एसईई परिक्षा सम्पन्न

शैक्षिक शत्र २०८१ को माध्यकि शिक्षा परिक्षा (एसईई) आजबाट सुरु भएको छ । आज बाट देशै भर एकसाथ परिक्षा संचालन भैरहेको छ भने कुल ५ लाख १४ हजार ७१ जना विध्यार्थी परिक्षामा सहभागी भएका छन् । नेपाल सरकारले यस वर्ष परिक्षा उतिर्ण प्रतिशत ७० पुर्याउने लक्ष्यका साथ परिक्षा लिईरहको छ ।

यस्तै जाजरकोट नलगाड नगरपालिका १२ स्थित तल्लुमा संचालित श्री वीरेन्द्र हिमालय माध्यमिक विध्यालयमा पनि परिक्षा संचालन भैरहेको छ । जम्मा ४ वटा माध्यमिक स्कुलहरुको परिक्षा केन्द्र परेको बिद्यालयमा उत्साहजनक सहभागिताका साथ परिक्षा संचालन भैरहेको बिद्यालयले जनाएको छ । ४ वटा माध्यमिक विद्यालयका जम्मा २३७ जना परिक्षामा सहभागी रहेको बिद्यालयले जनाएको छ ।

जम्मा बिद्यार्थी मध्ये नियमित तर्फका २३५ जना विधार्थीहरु उपस्थित भएका छन भने २ जना अनुपस्थित रहेको विध्यालयका केन्द्र अध्यक्ष चन्द्र बहादुर के.सी.ले लाईका खबर संग बताए । अध्यक्ष के.सी. का अनुसार ग्रेडिगं तर्फका १२ जना विध्यार्थी मध्ये उपस्थित ७ जना र अनुपस्थित ५जना रहेका छन् ।

आज पहिलो दिन विध्यालयमा शान्ति पुर्ण रुपमा परिक्षा संचालन भएको केन्द्र अध्यक्ष के.सी. ले जानकारी दिनु भयो ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *