- चैत्र ७, २०८१
- No Comment
- 80
जाजरकाेटकाे विरेन्द्र हिमालय मा. वि मा शान्तिपुर्ण एसईई परिक्षा सम्पन्न

शैक्षिक शत्र २०८१ को माध्यकि शिक्षा परिक्षा (एसईई) आजबाट सुरु भएको छ । आज बाट देशै भर एकसाथ परिक्षा संचालन भैरहेको छ भने कुल ५ लाख १४ हजार ७१ जना विध्यार्थी परिक्षामा सहभागी भएका छन् । नेपाल सरकारले यस वर्ष परिक्षा उतिर्ण प्रतिशत ७० पुर्याउने लक्ष्यका साथ परिक्षा लिईरहको छ ।
यस्तै जाजरकोट नलगाड नगरपालिका १२ स्थित तल्लुमा संचालित श्री वीरेन्द्र हिमालय माध्यमिक विध्यालयमा पनि परिक्षा संचालन भैरहेको छ । जम्मा ४ वटा माध्यमिक स्कुलहरुको परिक्षा केन्द्र परेको बिद्यालयमा उत्साहजनक सहभागिताका साथ परिक्षा संचालन भैरहेको बिद्यालयले जनाएको छ । ४ वटा माध्यमिक विद्यालयका जम्मा २३७ जना परिक्षामा सहभागी रहेको बिद्यालयले जनाएको छ ।
जम्मा बिद्यार्थी मध्ये नियमित तर्फका २३५ जना विधार्थीहरु उपस्थित भएका छन भने २ जना अनुपस्थित रहेको विध्यालयका केन्द्र अध्यक्ष चन्द्र बहादुर के.सी.ले लाईका खबर संग बताए । अध्यक्ष के.सी. का अनुसार ग्रेडिगं तर्फका १२ जना विध्यार्थी मध्ये उपस्थित ७ जना र अनुपस्थित ५जना रहेका छन् ।
आज पहिलो दिन विध्यालयमा शान्ति पुर्ण रुपमा परिक्षा संचालन भएको केन्द्र अध्यक्ष के.सी. ले जानकारी दिनु भयो ।