• फाल्गुन २५, २०८१
  • No Comment
  • 142

गृहमन्त्रीले कर्णाली प्रदेशलाई आपतकालीन गोदामघर हस्तान्तरण

गृहमन्त्री रमेश लेखकले विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपतकालीन गोदामघर कर्णाली प्रदेशलाई हस्तान्तरण गरेका छन् ।

आइतबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई गोदामघर हस्तान्तरण गरेका हुन् ।

पश्चिम नेपाल भूकम्प तथा प्राकृतिक विपद्को जोखिममा रहेकाले सङ्घीय सरकार मातहत रहेको गोदामघर प्रदेशलाई हस्तान्तरण गरिएको गृहमन्त्री लेखकले बताए ।

‘भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शीतलहर जस्ता विविध किसिमका जोखिममा रहेकाले तीन तहका सरकार तयारी अवस्थामा रहन आवश्यक छ,’ उनले भने, ‘आपतकालीन अवस्थामा तत्काल जोखिम न्यूनिकरण गर्नका लागि गोदाम घरको स्थापना गरिएको हो ।’

यस्तै मुख्यमन्त्री कँडेलले संघीय सरकारले गोदामघर हस्तान्तरण गर्न सात वर्ष लागेको बताए । भौतिक संरचना हस्तान्तरणसँगै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *