• फाल्गुन २५, २०८१
  • No Comment
  • 88

गृहमन्त्रीले कर्णाली प्रदेशलाई आपतकालीन गोदामघर हस्तान्तरण

गृहमन्त्री रमेश लेखकले विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपतकालीन गोदामघर कर्णाली प्रदेशलाई हस्तान्तरण गरेका छन् ।

आइतबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई गोदामघर हस्तान्तरण गरेका हुन् ।

पश्चिम नेपाल भूकम्प तथा प्राकृतिक विपद्को जोखिममा रहेकाले सङ्घीय सरकार मातहत रहेको गोदामघर प्रदेशलाई हस्तान्तरण गरिएको गृहमन्त्री लेखकले बताए ।

‘भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शीतलहर जस्ता विविध किसिमका जोखिममा रहेकाले तीन तहका सरकार तयारी अवस्थामा रहन आवश्यक छ,’ उनले भने, ‘आपतकालीन अवस्थामा तत्काल जोखिम न्यूनिकरण गर्नका लागि गोदाम घरको स्थापना गरिएको हो ।’

यस्तै मुख्यमन्त्री कँडेलले संघीय सरकारले गोदामघर हस्तान्तरण गर्न सात वर्ष लागेको बताए । भौतिक संरचना हस्तान्तरणसँगै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *