• फाल्गुन २३, २०८१
  • No Comment
  • 127

प्रधानमन्त्री ओली आज सुर्खेत आउदै

प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार सुर्खेत भ्रमणमा आउँदै छन्। उनी मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रमसहित कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे सुर्खेत विमानस्थलमा अवतरण गर्ने छन्। त्यहाँबाट उनी विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन जानेछन्।

दीक्षान्त समारोह उपसमितिका संयोजक सहप्राध्यापक डा. लिलाधर तिवारीका अनुसार प्रधानमन्त्री ओली साढे ११ बजे मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन, कुइनेपानीमा हुने दीक्षान्त समारोहको अध्यक्षता गर्ने छन्। सो कार्यक्रममा सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको उपस्थिति रहनेछ। समारोहमा भारतको सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक तथा जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. महेन्द्र पी. लामा प्रमुख अतिथिका रूपमा रहनु हुनेछ।

स्नातकोत्तर तहमा सर्वोत्कृष्ट तीन ब्याचलाई कुलपति पदक, स्नातक तहका उत्कृष्ट तीन जनालाई उपकुलपति पदक प्रदान गरिनेछ। डीन लिष्टमा परेका स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जनाले प्रमाणपत्रसहित पदक प्राप्त गर्नेछन्। यस वर्ष तीन हजार ८४१ विद्यार्थी दीक्षित हुनेछन्।

दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्नेछन्। प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार दिउँसो साढे दुई बजे मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्रीको स्वागत गर्ने छन्। सम्बोधनपछि प्रदेशसभाले प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको छ।

प्रदेशसभामा सम्बोधनपछि प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्नेछन्। तीन वर्षअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा रहेको सो भवनको औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने छन्।

त्यसपछि प्रधानमन्त्री ओली कर्णाली प्रदेश सरकारको गौरवको योजना कर्णाली रङ्गशालाको निरीक्षण गर्ने छन्। आगामी जेठमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माणाधीन रंगशालाको अवलोकन गर्न उनले चार बजे भ्रमण गर्नेछन्।

रंगशाला निरीक्षणपछि प्रधानमन्त्री ओली काठमाडौँ फर्किनेछन्।

 

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *