• फाल्गुन २०, २०८१
  • No Comment
  • 77

दैनिक बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा

स्वास्थ्यका लागि बिहान खाली पेटमा मनतातो पानी पिउनु अति लाभदायक मानिन्छ। चिकित्सकीय अनुसन्धानले देखाएको छ कि सही तरिकाले पानी पिउनाले शरीरमा धेरै फाइदा पुर्‍याउँछ।

शरीरका सबै जैविक क्रियाकलापका लागि पानी अत्यावश्यक छ। पानीको अभावमा शरीरका विभिन्न प्रक्रियाहरू प्रभावित हुन सक्छन्, जसले स्वास्थ्यमा असर पुर्‍याउँछ। त्यसैले, बिहान उठेपछि खाली पेटमा मनतातो पानी पिउनु राम्रो मानिन्छ।

मनतातो पानी पिउनुका प्रमुख फाइदाहरू

  1. पाचन प्रणाली सुधार: मनतातो पानीले पेट सफा गर्न मद्दत गर्छ। यसले पेट दुख्ने समस्या कम गर्छ र एसिडिटी नियन्त्रणमा राख्छ।
  2. रक्तसञ्चार सन्तुलन: नियमित रूपमा मनतातो पानी पिउँदा रक्तसञ्चार राम्रो हुन्छ, जसले हृदय स्वास्थ्यलाई मजबुत बनाउँछ।
  3. कब्जियतबाट राहत: यदि कब्जियतको समस्या छ भने बिहान खाली पेटमा मनतातो पानी पिउनाले मद्दत गर्छ।
  4. हड्डीको मजबुती: जोर्नीको दुखाइ कम गर्न र हड्डीलाई मजबुत बनाउन पर्याप्त पानी आवश्यक हुन्छ।
  5. भोक बढाउने उपाय: भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा कागतीको रस, मरिच र नुन हालेर पिउँदा भोक खुल्ने गर्छ।
  6. छालालाई स्वस्थ बनाउने: छालामा चाउरीपना तथा दागधब्बा हटाउन मनतातो पानी प्रभावकारी हुन्छ। चिया वा कफीको साटो ग्रीन टी पिउँदा अझ राम्रो हुन्छ, जसले छाला चम्किलो बनाउने तथा तौल नियन्त्रण गर्न मद्दत गर्छ।

स्वस्थ जीवनशैली अपनाउन चाहनेका लागि बिहान खाली पेटमा मनतातो पानी पिउने बानी बसाल्नु एक सरल र प्रभावकारी उपाय हुन सक्छ।

 

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *