• फाल्गुन १६, २०८१
  • No Comment
  • 133

खराब मौसमका कारण हवाई उडानमा अवरोध

प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, भिजिबिलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन्।

कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, दोहाबाट काठमाडौं आउन लागेको कतार एयरवेजको क्यूआर६५२ जहाजलाई कोलकातामा डाइभर्ट गरिएको छ। त्यसबाहेक, मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमानहरू पनि डाइभर्ट भएका छन्। मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द गरिएको छ।

आन्तरिक उडानहरू पनि प्रभावित भएका छन्। त्रिभुवन विमानस्थलका अनुसार, काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, काठमाडौँ–विराटनगर, काठमाडौँ–जनकपुर, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भैरहवा लगायतका केही उडान रद्द भएका छन् भने अधिकांश उडान ढिलाइ भएका छन्।

प्रवक्ता शेर्पाका अनुसार, दिउँसोदेखि मौसममा सुधार आएसँगै उडानहरू सामान्य हुँदै गएका छन्।

 

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *