• फाल्गुन १६, २०८१
  • No Comment
  • 18

खराब मौसमका कारण हवाई उडानमा अवरोध

प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, भिजिबिलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन्।

कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, दोहाबाट काठमाडौं आउन लागेको कतार एयरवेजको क्यूआर६५२ जहाजलाई कोलकातामा डाइभर्ट गरिएको छ। त्यसबाहेक, मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमानहरू पनि डाइभर्ट भएका छन्। मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द गरिएको छ।

आन्तरिक उडानहरू पनि प्रभावित भएका छन्। त्रिभुवन विमानस्थलका अनुसार, काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, काठमाडौँ–विराटनगर, काठमाडौँ–जनकपुर, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भैरहवा लगायतका केही उडान रद्द भएका छन् भने अधिकांश उडान ढिलाइ भएका छन्।

प्रवक्ता शेर्पाका अनुसार, दिउँसोदेखि मौसममा सुधार आएसँगै उडानहरू सामान्य हुँदै गएका छन्।

 

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *