• फाल्गुन १४, २०८१
  • No Comment
  • 15

रुकुमपश्चिममा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी

रुकुमपश्चिमको चौरजहारी नगरपालिका-१, बसपार्क नजिक गुडिरहेको एक मोटरसाइकलमा एक्कासी आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार, बुधबार बिहान चौरजहारी नगरपालिका-10 निवासी विजय देवकोटाले चलाएको रा 5 प 5185 नम्बरको मोटरसाइकलमा आगो लागेको हो।

प्रहरीका अनुसार, देवकोटाले नजिकैको पेट्रोल पम्पबाट पेट्रोल भरेर फर्कने क्रममा मोटरसाइकलमा अचानक आगो दन्किएको थियो। प्रहरीकाे प्रारम्भिक अनुसन्धानअनुसार, पेट्रोल लिक भएर प्लगको झिल्कोका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

मोटरसाइकलमा सवार चालक विजय देवकोटा र पछाडि बसेका प्रदिप ढकाल भने सुरक्षित रहेका छन्। मोटरसाइकलमा आगलागी भएपछि उनीहरूले झण्डै 20 मिटर पर पुग्दा मोटरसाइकल छोडेर ज्यान जोगाउन सफल भएका थिए। मोटरसाइकल जलेर पूर्ण रूपमा नष्ट भएको छ।

मोटरसाइकलका धनी चौरजहारी नगरपालिका-6 निवासी दिनेश बोहरा रहेको प्रहरीले जनाएको छ। हाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

आज तराई–मधेशमा होली पर्व , सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार…
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया…
पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप : कर्णालीविरुद्ध आर्मीको फराकिलो जित

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७…

Leave a Reply

Your email address will not be published. Required fields are marked *