• फाल्गुन १४, २०८१
  • No Comment
  • 110

रुकुमपश्चिममा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी

रुकुमपश्चिमको चौरजहारी नगरपालिका-१, बसपार्क नजिक गुडिरहेको एक मोटरसाइकलमा एक्कासी आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार, बुधबार बिहान चौरजहारी नगरपालिका-10 निवासी विजय देवकोटाले चलाएको रा 5 प 5185 नम्बरको मोटरसाइकलमा आगो लागेको हो।

प्रहरीका अनुसार, देवकोटाले नजिकैको पेट्रोल पम्पबाट पेट्रोल भरेर फर्कने क्रममा मोटरसाइकलमा अचानक आगो दन्किएको थियो। प्रहरीकाे प्रारम्भिक अनुसन्धानअनुसार, पेट्रोल लिक भएर प्लगको झिल्कोका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

मोटरसाइकलमा सवार चालक विजय देवकोटा र पछाडि बसेका प्रदिप ढकाल भने सुरक्षित रहेका छन्। मोटरसाइकलमा आगलागी भएपछि उनीहरूले झण्डै 20 मिटर पर पुग्दा मोटरसाइकल छोडेर ज्यान जोगाउन सफल भएका थिए। मोटरसाइकल जलेर पूर्ण रूपमा नष्ट भएको छ।

मोटरसाइकलका धनी चौरजहारी नगरपालिका-6 निवासी दिनेश बोहरा रहेको प्रहरीले जनाएको छ। हाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *