• फाल्गुन ५, २०८१
  • No Comment
  • 152

आजको मौसम: चार प्रदेशका केहि भागमा आंशिक वर्षात् को सम्भावना

हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ ।

साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । महाशाखाले उल्लेख गरेकाे बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै आज बिहानीपख तराईका थोरै भू–भागहरुमा हुस्सु/कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *