• माघ २७, २०८१
  • No Comment
  • 110

तुवाचुङ मिनी ग्रेटवाल: पर्यटकको बढ्दाे आकर्षण

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ–जायजुममा निर्माण गरिएको ‘तुवाचुङ मिनी ग्रेटवाल’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ।

किरात सभ्यताको ऐतिहासिक स्थल तुवाचुङ–जायजुममा ७३० मिटर लामो पदमार्ग निर्माण गरिएको हो। सिमेन्ट र कङ्क्रिटको प्रयोग नगरी चुनासुकी, इँटा, र फ्लाइ स्टोन जोडेर निर्माण गरिएको यो पर्खालले क्षेत्रको प्राकृतिक र ऐतिहासिक सौन्दर्यलाई झल्काउँछ।

समुन्द्री सतहदेखि १,८०० मिटर उचाइमा रहेको यस स्थानबाट हिमालयका शृङ्खलाहरू, सगरमाथा, र तराईको दृश्यावलोकन गर्न सकिन्छ। सूर्योदय र सूर्यास्त हेर्न उपयुक्त तुवाचुङ मिनी ग्रेटवालले पदयात्रा र प्राकृतिक दृश्यप्रेमीहरूलाई आकर्षित गरेको छ।

किरात सभ्यताका प्रतीक तयामा र खियामाले कपडा बुनेको ठाउँका साथै उनीहरूको प्रतिमा यहाँको मुख्य आकर्षण हो। नगरपालिकाले यस क्षेत्रमा पर्यटकका लागि सांस्कृतिक घर, गार्डेन, र चिया-कफी पार्क बनाउने योजना अघि सारेको छ।

सरकारको ‘एक सय गन्तव्य’ अन्तर्गत पर्ने यो स्थलले किरात सभ्यता, संस्कृति, र इतिहासको अध्ययन गर्न चाहनेहरूलाई थप अवसर दिएको छ।

बाह्रै महिना पर्यटकको चहलपहल हुने तुवाचुङ–जायजुममा सुरक्षित पदमार्ग बनेपछि यहाँको साकेला सिली र अन्य सांस्कृतिक गतिविधि अझ सहज र आकर्षक बनेको छ।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *