• माघ २७, २०८१
  • No Comment
  • 154

सल्यान महोत्सव स्थलमा आगलागी, व्यापारीक स्टलहरू नष्ट

सल्यानको शारदा नगरपालिका–१ स्थित श्रीनगरमा आयोजित दोस्रो बृहत सल्यान महोत्सव स्थलमा शनिबार राति, करिब ११ बजे भीषण आगलागी भएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यान द्वारा आयोजित महोत्सवमा आगलागी हुँदा सम्पूर्ण व्यापारीक स्टलहरू जलेर नष्ट भएका छन्।

महोत्सव माघ १८ गतेदेखि जारी रहेको थियो । आगलागीको घटनाले त्यहाँका व्यापारीक गतिविधिहरूमा ठूलो क्षति पुर्याएको छ। घटनाबारे अनुसन्धान भइरहेको र रातको समयमा भएको आगलागीले  सम्पूर्ण क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आगलागीको घटनाको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सबैतिरबाट चासो र चिन्ता प्रकट गरिएको छ। स्थानीय प्रशासन र नेपाल प्रहरी, शस्त्र प्रहरी लगायतका सुरक्षा बलहरूले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि आगलागीको प्रकोप ठूलो थियो। महोत्सव स्थलमा आगलागीको कारणले व्यापारीहरूको ठूलो धनमालको क्षति भएको अनुमान गरिएको छ । अहिले पनि घटनाको सबै पक्षको अनुसन्धान जारी भएकाे प्रहरीले जनाएकाे छ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *