• माघ २७, २०८१
  • No Comment
  • 72

सल्यान महोत्सव स्थलमा आगलागी, व्यापारीक स्टलहरू नष्ट

सल्यानको शारदा नगरपालिका–१ स्थित श्रीनगरमा आयोजित दोस्रो बृहत सल्यान महोत्सव स्थलमा शनिबार राति, करिब ११ बजे भीषण आगलागी भएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यान द्वारा आयोजित महोत्सवमा आगलागी हुँदा सम्पूर्ण व्यापारीक स्टलहरू जलेर नष्ट भएका छन्।

महोत्सव माघ १८ गतेदेखि जारी रहेको थियो । आगलागीको घटनाले त्यहाँका व्यापारीक गतिविधिहरूमा ठूलो क्षति पुर्याएको छ। घटनाबारे अनुसन्धान भइरहेको र रातको समयमा भएको आगलागीले  सम्पूर्ण क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आगलागीको घटनाको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सबैतिरबाट चासो र चिन्ता प्रकट गरिएको छ। स्थानीय प्रशासन र नेपाल प्रहरी, शस्त्र प्रहरी लगायतका सुरक्षा बलहरूले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि आगलागीको प्रकोप ठूलो थियो। महोत्सव स्थलमा आगलागीको कारणले व्यापारीहरूको ठूलो धनमालको क्षति भएको अनुमान गरिएको छ । अहिले पनि घटनाको सबै पक्षको अनुसन्धान जारी भएकाे प्रहरीले जनाएकाे छ।

सम्बन्धित खबर

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…
आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास…

आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन गुरुप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *