• माघ २५, २०८१
  • No Comment
  • 82

प्रेम सप्ताहको शुरुवात: आज ‘रोज डे’, गुलाबका रंगहरूको अर्थ

आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ, जसलाई प्रेमिल जोडीहरूले एक अर्कासँग प्रेम व्यक्त गर्ने अवसरको रूपमा मनाउने गर्दछन्। फेब्रुअरी ७, ‘रोज डे’ को रूपमा मनाइन्छ र यो सातालाई प्रेमका विभिन्न भावनाहरूको उत्सव मानिन्छ। प्रत्येक वर्ष फेब्रुअरी ७ देखि १४ तारिखसम्म यो सप्ताह मनाइन्छ। आजका दिन फूल व्यापारीहरूले गुलाफका फूलहरूले आफ्नो पसल सजाएका छन्, जुन प्रेमको प्रतीक मानिन्छ।

‘रोज डे’ मा विभिन्न रंगका गुलाफहरू प्रेमका विभिन्न भावनाहरूलाई व्यक्त गर्नका लागि दिइन्छ। यस दिन गुलाबी, रातो, सेतो, र सुन्तला रंगका गुलाफका फूलहरू आदानप्रदान गरिन्छ।

गुलाबी रंगको गुलाफ सबैको लागि उपयुक्त मानिन्छ। यो प्रेम, मित्रता, र भावनात्मक नातासम्बन्धी भावना व्यक्त गर्नका लागि उपयुक्त रंग हो। त्यसैले तपाईं आफ्नो प्रेमी वा प्रेमिकासँग मात्र होइन, आफ्नो परिवार र नजिकका साथीहरूलाई पनि गुलाबी गुलाफ दिन सक्नुहुन्छ।

सुन्तला रंगको गुलाफ जोश, उत्साह, र उमङ्गको प्रतीक हो। प्रेमिल जोडीहरू यस रंगको गुलाफ सँग आफ्नो जोश र उत्साही भावना व्यक्त गर्छन्।

रातो गुलाफ प्रेम र जोशको प्रतीक हो। यसलाई तपाईं आफ्नो प्रेमी वा प्रेमिकालाई दिन सक्नुहुन्छ, जसले तपाईंको गहिरो प्रेमलाई प्रकट गर्छ।

सेतो गुलाफ शान्ति र मेलमिलापको प्रतीक हो। यो रंगको गुलाफ मित्रताको सम्बन्धमा नयाँ शुरुवातको लागि उत्तम मानिन्छ।

‘रोज डे’ को इतिहास
‘रोज डे’ को इतिहास मुगल बेगम नूरजहाँसँग जोडिएको छ। इतिहास अनुसार, नूरजहाँले आफ्ना पतिद्वारा दिइएको रातो गुलाफलाई निकै मन पराएकी थिइन्, र त्यसपछि उनका पतिले उनलाई हरेक दिन ताजा गुलाफका फूलहरू पठाउन थाले। अर्को इतिहास अनुसार, महारानी भिक्टोरियाको समयमा मानिसहरूले आफ्नो भावनाहरू व्यक्त गर्न गुलाफ साट्ने चलन थियो।

यसरी, ‘रोज डे’ गुलाफका रंगहरूको माध्यमबाट प्रेम र मित्रताको विशेषता प्रकट गर्नका लागि एउटा अनोखा दिनको रूपमा मनाइन्छ।

सम्बन्धित खबर

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…
आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास…

आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन गुरुप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *