• माघ २४, २०८१
  • No Comment
  • 111

सहकारी ठगी मुद्दामा रवि लामिछानेविरुद्ध तीन जिल्लाका सरकारी वकिलहरूको बहस

चितवनको साहारा सहकारी ठगी प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको बहसलाई थप बलियो बनाउन छिमेकी जिल्लाबाट सरकारी वकिलहरू झिकिएका छन्।

चितवनका जिल्ला सरकारी वकिल कार्यालयका रवि न्यौपाने, अमृत सुवेदी, र बुद्धबहादुर थापाले प्रारम्भिक चरणमा बहस गरे पनि, महान्याधिवक्ता कार्यालयको निर्देशनमा पर्साका भोलानाथ निरौला, धादिङका दशरथ पंगेनी, र मकवानपुरका शम्भुकुमार बस्नेतलाई पनि चितवन ल्याइएको छ।

सरकारी वकिल कार्यालयका अनुसार, मुद्दामा तथ्यहरू प्रभावकारी रूपमा प्रस्तुत गर्न र कमजोर पक्ष रहन नदिन यी वकिलहरूको टोलीलाई समन्वय गरिएको हो।

सहकारी पीडितहरूको तर्फबाट कानूनी टोलीमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित अन्य अधिवक्ताहरूले बहस गरिरहेका छन्। प्रतिवादी रवि लामिछानेको तर्फबाट भने ११ वकिलको टोलीले प्रतिरक्षा गर्ने तयारी गरेको छ।

चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा बहस अहिले दोस्रो दिनमा प्रवेश गरेको छ। अदालतको फैसला कुन पक्षको पक्षमा पर्न जान्छ भन्ने चासो सर्वत्र छ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *