• माघ २४, २०८१
  • No Comment
  • 189

चौकुने गाउँपालिका वडा नम्बर ७ स्थित धामीडाँडा आधारभुत स्वास्थ्य केन्द्रमामा वडा खोपअभियान कार्यक्रम सम्पन्न

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नम्बर ७ स्थित धामी डाँडा आधारभुत स्वास्थ्य केन्द्रमामा वडा खोप समन्वय समिति, महिला स्वयंसेवी समूह (म.स्वा.से.), र विद्यालय शिक्षकहरूलाई एच.पी.भि. (HPV) खोप अभियान २०८१ बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

सरकारले देशव्यापी रुपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिरहेकोले चौकुने गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको यस खोप अभियानलाई सार्थक र भव्य रूपमा सफल पार्न वडा खोप समन्वय समिति, महिला स्वयंसेवी समूह, र विद्यालय शिक्षकहरूको महत्वपूर्ण भूमिका रहनेछ।

यसैले माघ २७ देखि ३० गतेसम्म खोप सञ्चालन गर्न सहयोग पुर्याउनु हुनेछ भन्ने विश्वासका साथ अभिमुखिकरण गरिएको चौकुने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ईन्द्र बहादुर जैसुरीले जानकारी दिनु भएको छ । यस अभियानको लक्षित समूह विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष उमेर समूहका बालिकाहरू हुन्।

यस अभियानले गर्भाशय ग्रीवाको क्यान्सरबाट बचाउन एच.पी.भि. खोपको महत्वपूर्ण भूमिका रहेको छ। धामिडाँडा आधारभुत स्वास्थ्य केन्द्रकि अहेब योगिता लामिछानेले यस अभियानलाई सफल बनाउन स्थानीय समुदाय, अभिभावक, र शिक्षकहरूको सहयोग अपेक्षा रहने बताउनु भएको छ । उहाँले यस अभियानले न केवल बालिकाहरूको स्वास्थ्य सुरक्षा गर्ने, तर समग्र रूपमा समाजलाई जागरूक बनाउने महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।धामिडाँडा आधारभुत स्वास्थ्य केन्द्रमा एच.पी.भि. खोप अभियान २०८१ को अभिमुखिकरण कार्यक्रमले अभियानलाई सफल बनाउन सबै पक्षको सहयोग र सहभागिताको अपेक्षा समेत गर्नुभएको छ ।

कार्यक्रममा चौकुने गाउपालिकाका वडा न ७ का वडा अध्यक्ष धनिराम धमलाले बोल्दै एच.पि.भी.खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले खोपबारे अभिभावकलाई समेत सचेतना प्रदान गर्नुपर्नेमा बताउदै नेपाल सरकारले देशव्यापी रुपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिरहेकोले यो अभियानका लक्षित वर्गलाई नछुटाउन सम्पुर्ण क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले सबै बर्ग र समुदायले यो अभियानलाई सफल बनाउन आग्रह गर्नु भएको छ ।

कार्यक्रम धामिडाँडा आधारभुत स्वास्थ्य केन्द्र वडा खोप समन्वय समितिका संचालक तथा वडा न ७ का वडा अध्यक्ष धनिराम धमलाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा चौकुने गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर जैसुरी ,जनस्वास्थ्य निरिक्षक जनक बिश्वकर्मा ,जिल्ला समन्वय समिति सदश्य तुल बहादुर नेपाली , श्री मालिका आ बि का प्र अ राम प्रसाद खनाल , मालिका आ वि बिधालय ब्यबस्थापन समितिका अध्यक्ष नवीन धमाला ,वडा सदस्य गोपि कामी ,कार्यपालिका सदस्य अम्वी बि क लगायत सरोकारवाला निकाय तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *