• माघ १६, २०८१
  • No Comment
  • 57

स्रोत नखुलेको ६ लाख रकमसहित भारतीय पक्राउ

पर्साबाट प्रहरीले स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल घर भएका २७ वर्षीय ओमकुमार रौनियार रहेका छन्। उनलाई पर्सा, वीरगन्ज महानगरपालिका–१० आदर्श नगरबाट स्रोत नखुलेको नगद ६ लाख रुपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ क्यू ४३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको लम्सालले बताए ।

यस्तै, बारा, विश्रामपुर गाउँपालिका–३ मुसहर्वा चोकबाट स्रोत नखुलेको नगद ३ लाख २ हजार ५ सय ६५ रूपैयाँसहित भारत ग्राम पञ्चायत जडवा मोतिहारी बस्ने ३८ वर्षीय प्रमोदप्रसाद साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना१४प ७९२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

सम्बन्धित खबर

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३ संस्था सम्मानित

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३…

उपशीर्षक: जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसान र पत्रकारसम्म पुरस्कृत  रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान…
नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

काठमाडौँ। हामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ…
जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *