• माघ ११, २०८१
  • No Comment
  • 144

९ वर्षीया बालिका करणीकाे प्रयासमा ५५ वर्षीय पुरुष पक्राउ

नाबालिकालाई करणीको प्रयास गरेको भन्दै हेटौंडाबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा बालिकामाथि करणीको प्रयास गरेको भन्दै ५५ वर्षीय एक जना पुरुषलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

पीडित पक्षको जाहेरीका आधारमा हेटौंडा–९ का स्थानीय रहेका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। ती पुरुषविरुद्ध पीडितका परिवारले बिहीबार प्रहरीमा जाहेरी दिएको उनले बताए।

जाहेरी अनुसार हेटौंडा ९ प्रगति टोलका ५५ वर्षीय पुरुषले ९ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको परिवारको दाबी छ। उनले घटनाको बारेमा अनुसन्धान थालिसकिएको बताए।

व्यक्तिगत गोपनीयता र अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले जाहेरी परेको व्यक्तिको बारेमा तत्काल गोपनीयता कायम गरिएको उनको भनाई छ ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *