• माघ ११, २०८१
  • No Comment
  • 56

९ वर्षीया बालिका करणीकाे प्रयासमा ५५ वर्षीय पुरुष पक्राउ

नाबालिकालाई करणीको प्रयास गरेको भन्दै हेटौंडाबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा बालिकामाथि करणीको प्रयास गरेको भन्दै ५५ वर्षीय एक जना पुरुषलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

पीडित पक्षको जाहेरीका आधारमा हेटौंडा–९ का स्थानीय रहेका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। ती पुरुषविरुद्ध पीडितका परिवारले बिहीबार प्रहरीमा जाहेरी दिएको उनले बताए।

जाहेरी अनुसार हेटौंडा ९ प्रगति टोलका ५५ वर्षीय पुरुषले ९ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको परिवारको दाबी छ। उनले घटनाको बारेमा अनुसन्धान थालिसकिएको बताए।

व्यक्तिगत गोपनीयता र अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले जाहेरी परेको व्यक्तिको बारेमा तत्काल गोपनीयता कायम गरिएको उनको भनाई छ ।

सम्बन्धित खबर

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३ संस्था सम्मानित

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३…

उपशीर्षक: जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसान र पत्रकारसम्म पुरस्कृत  रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान…
नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

काठमाडौँ। हामीले दैनिक जीवनमा प्याजको प्रयोग गरिरहेका हुन्छौँ । तरकारीमा स्वादको लागि प्रयोग हुने प्याज स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक छ…
जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *