• माघ ९, २०८१
  • No Comment
  • 180

बझाङमा भालुको आक्रमणबाट १ महिला गम्भीर घाइते

बझाङको खप्तडछान्ना गाउँपालिकामा जंगली भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन । खप्तडछान्ना गाउँपालिका–४, माझी गाउँकी २८ वर्षीया अंगिरा रोकायालाई बुधबार बिहान ८ बजेको समयमा भालुले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार रोकाया वेडेभुवा जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकी हुन्। भालुको आक्रमणबाट उनको अनुहार र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।

गम्भीर घाइते भएकी रोकायलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि पुर्‍याइएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर भए पनि चिकित्सकको टोलीले आवश्यक उपचार गरि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

स्थानीयका अनुसार यस घटनापछि स्थानीयले उक्त वन क्षेत्रमा घाँस दाउरा गर्न जान डर मान्न थालेका छन्।

सम्बन्धित खबर

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?

कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने…

बालबालिकामा कब्जियत एक सामान्य स्वास्थ्य समस्या भए पनि समयमै ध्यान नदिँदा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार असन्तुलित खानपान, जंकफुडको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *