• माघ ९, २०८१
  • No Comment
  • 69

बझाङमा भालुको आक्रमणबाट १ महिला गम्भीर घाइते

बझाङको खप्तडछान्ना गाउँपालिकामा जंगली भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन । खप्तडछान्ना गाउँपालिका–४, माझी गाउँकी २८ वर्षीया अंगिरा रोकायालाई बुधबार बिहान ८ बजेको समयमा भालुले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार रोकाया वेडेभुवा जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकी हुन्। भालुको आक्रमणबाट उनको अनुहार र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।

गम्भीर घाइते भएकी रोकायलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि पुर्‍याइएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर भए पनि चिकित्सकको टोलीले आवश्यक उपचार गरि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

स्थानीयका अनुसार यस घटनापछि स्थानीयले उक्त वन क्षेत्रमा घाँस दाउरा गर्न जान डर मान्न थालेका छन्।

सम्बन्धित खबर

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

 सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित एरीचोकमा रहेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुबाट…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *