- माघ ७, २०८१
- No Comment
- 14
कर्णाली प्रदेश सभाको पाँचौं अधिवेशन सोमबारबाट सुरु हुँदैछ

कर्णाली प्रदेश सभाको पाँचौं अधिवेशन सोमबारबाट सुरु हुँदै छ। आज दिउँसो १ बजे पहिलो बैठक बस्ने कार्यक्रम तय भएको छ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मंसिर २३ गते संविधानको धारा १८३ (१) बमोजिम प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरेका हुन्। यस अघि, मंसिर १९ गते प्रदेश मन्त्रिपरिषदको बैठकले उक्त अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।