• माघ ६, २०८१
  • No Comment
  • 60

नेपाली कांग्रेसले उद्धव थापामाथि आक्रमणको भर्त्सना गर्‍यो

नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथी भएको आक्रमणको भर्त्सना गरेको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गरेका हुन् ।

थापामाथी केही व्यक्तिले हिजो झापामा आक्रमण गरेका थिए । नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कँदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उनीमाथि आक्रमण भएको थियो । उनको निधारमा चोट लागेको छ ।

‘उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ

सम्बन्धित खबर

बराहताल गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

बराहताल गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट, कृषि र पूर्वाधार…

सुर्खेत  सुर्खेतको बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६३ करोड ७ लाख ४८ हजार ९९९ रुपैयाँको बजेट सार्वजनिक गरेको…
सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

चौकुने ।“दिगो र तिव्र बिकास चौकुनेको रहर ,गुणस्तरीय शिक्षा र ब्यवसायिक कृषिमा लहर ” भन्ने मुल नाराका साथ खडक बिवस वासपानेको…
मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ शरीर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ…

काठमाडौँ – तौल घटाउनको लागि, भोकै नबस्नु, सही कुरा खानु महत्त्वपूर्ण छ। तपाईं डाइटिङ र व्यायाम गरेपछि पनि इच्छित परिणाम नपाएकोमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *