• माघ ६, २०८१
  • No Comment
  • 261

रुकुम पश्चिमको चौरजहारीमा मोटरसाईकल दुर्घटना हुँदा १ जना युवाको मृत्यु

रुकुम पश्चिमको चौरजहारीमा मोटरसाईकल दुर्घटना हुँदा १ जना युवाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा चौरजहारी नगरपालिका –१ लामिछानेगाउँ निवासी ३२ वर्षीय चिरन्जिवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चौरजहारी बजारबाट घरतर्फ जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

आज बिहान २ बजे मोटरसाईकल दुर्घटना भएको र उपचारको लागि चौरजहारी अस्पताल लिएको बेला चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक लामिछाने कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्श समितिको सदस्य थिए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याईदै गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *