• माघ ६, २०८१
  • No Comment
  • 135

रुकुम पश्चिमको चौरजहारीमा मोटरसाईकल दुर्घटना हुँदा १ जना युवाको मृत्यु

रुकुम पश्चिमको चौरजहारीमा मोटरसाईकल दुर्घटना हुँदा १ जना युवाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा चौरजहारी नगरपालिका –१ लामिछानेगाउँ निवासी ३२ वर्षीय चिरन्जिवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चौरजहारी बजारबाट घरतर्फ जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

आज बिहान २ बजे मोटरसाईकल दुर्घटना भएको र उपचारको लागि चौरजहारी अस्पताल लिएको बेला चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक लामिछाने कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्श समितिको सदस्य थिए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याईदै गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी…
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट…

काठमाडौँ । ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…
पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक मत हो– गोकुल बास्कोटा

पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक…

नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अझै गहिरो छानबिन गर्नुपर्ने आफ्नो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *