• माघ ५, २०८१
  • No Comment
  • 78

आँधीखोलामा टिपर दुर्घटना : १ जनाको मृत्यु, ४ जना घाइते

स्याङ्जाको आँधीखोला गाउँपालिका–५ कृषि स्थित कृषि–ओहिया सडकखण्डमा शुक्रबार राति ११ बजे टिपर दुर्घटना भएको छ। एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ४ घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनापछि गम्भीर घाइते भएका पर्वतको कुश्मा नगरपालिकाका ३७ वर्षीय चन्द्रबहादुर नेपालीको क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो भने अन्य ४ जना उपचाररत रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।

सल्यान सारदा नगरपालिकाका १५ वर्षीय हरि परियार, स्याङ्जा आँधीखोलाका ३३ वर्षीय कमल नेपाल, चितवन राप्ती नगरपालिकाका ४१ वर्षीय प्रकाश विक र ४१ वर्षीया सुमित्रा विकको भने सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
भित्री कच्ची सडकमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर दुर्घटना भएको हो। सो टिपर सडक देखि अन्दाजी ५० मिटर तल खसेको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित खबर

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…
आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास…

आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन गुरुप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *