• माघ ५, २०८१
  • No Comment
  • 172

आँधीखोलामा टिपर दुर्घटना : १ जनाको मृत्यु, ४ जना घाइते

स्याङ्जाको आँधीखोला गाउँपालिका–५ कृषि स्थित कृषि–ओहिया सडकखण्डमा शुक्रबार राति ११ बजे टिपर दुर्घटना भएको छ। एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ४ घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनापछि गम्भीर घाइते भएका पर्वतको कुश्मा नगरपालिकाका ३७ वर्षीय चन्द्रबहादुर नेपालीको क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो भने अन्य ४ जना उपचाररत रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।

सल्यान सारदा नगरपालिकाका १५ वर्षीय हरि परियार, स्याङ्जा आँधीखोलाका ३३ वर्षीय कमल नेपाल, चितवन राप्ती नगरपालिकाका ४१ वर्षीय प्रकाश विक र ४१ वर्षीया सुमित्रा विकको भने सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
भित्री कच्ची सडकमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर दुर्घटना भएको हो। सो टिपर सडक देखि अन्दाजी ५० मिटर तल खसेको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *