• माघ ३, २०८१
  • No Comment
  • 73

महिनावारी रोकिनुमा गर्भावस्था मात्र होइन, यस्ता कारण पनि छन

महिनावारी रोकिनु अर्थात् गर्भावस्था ? के तपाईं पनि यस्तै सोच्नुहुन्छ ? यदि तपाईंको जवाफ हो भने विश्वास गर्नुहोस् कि तपाईं गलत हुनुहुन्छ ।

डाक्टरहरू भने यसलाई सामान्य मान्छन् । यद्यपी केही विवाहित महिलाहरूको मामिलामा यस्तो हुन पनि सक्छ ।

वास्तवमा महिलाहरू यस कुरामा चिन्तित हुन्छन् कि आखिर हरेक महिना हुने महिनावारी यस पटक ढिला वा मिस किन भइरहेको छ ? कतै यसको मतलब गर्भ त रहेन ? तर, गर्भावस्था परीक्षण गर्दा नतिजा नेगेटिभ आउँछ । यस्तो अवस्थामा बुझ्न सकिँदैन कि आखिर महिनावारीको मितिमा लगातार परिवर्तन भइरहेको छ ?

स्त्री तथा प्रसूति रोग विभागकी प्रोफेसर डा. अनुपम रानीकाअनुसार साधरणतया महिनावारी मिस हुनुका दुई खास कारण हुन सक्छ । पहिलो कारण हो, जब महिनावारी पहिलो पटक सुरु हुँदैछ र दोस्रो कारण जब मेनोपजको सङ्क्रमण सुरु हुन्छ । यद्यपी यसबाहेक पनि धेरै कारणहरू छन्, जब महिनावारी या त ढिला हुन्छ वा अनियमित हुन सक्छ । यस्तो अवस्थामा विभिन्न भ्रम त्यागेर डाक्टरको सल्लाह लिनुहोस् ।

गर्भावस्था मात्र होइन, महिनावारी मिस हुनुका यी पनि ५ कारण–
तनाव

डाक्टरकाअनुसार गर्भावस्थाबाहेक तनाव लिनु पनि महिनावारी मिस हुनु वा ढिला हुनुको कारण बन्न सक्छ । दीर्घकालीन तनावको कारणले धेरै पटक हर्मोनल परिवर्तन हुन्छ, जसले मस्तिष्कको त्यो भागलाई प्रभावित गर्छ, त्यसले महिनावारीलाई नियमित राख्ने काम गर्छ । यस्तो अवस्थामा तपाईंको तौल छिटो बढ्न वा घट्न थाल्छ । यस्तो हुँदा पनि महिनावारी ढिला वा मिस हुन थाल्छ ।

तौल घट्नु

शरीरको तौल छिटो घट्नु पनि धेरै पटक महिनावारी मिस हुनुको कारण बन्न सक्छ । विशेषज्ञकाअनुसार यदि शरीरबाट अचानक धेरै बोसो घट्न थाल्यो भने पनि तपाईंको महिनावारीको समय परिवर्तन हुनसक्छ । यति मात्र होइन, कहिलेकाहीँ यो महिनौँसम्म महिनावारी बन्द पनि हुन सक्छ ।

मोटोपना

यदि धेरै छिटो तौल बढिरहेको छ भने यस कारणले हर्मोनल परिवर्तन आउँछ र महिनावारी नियमित हुन सक्दैन । तौल बढ्नाले एस्ट्रोजेनको उत्पादन धेरै हुन थाल्छ, जसले प्रजनन हर्मोनलाई प्रभावित गर्छ । यस्तोमा महिनावारी ढिला हुन सक्छ ।

पीसीओएस

पोलिसिस्टिक ओभरी सिन्ड्रोम हुँदा शरीरमा पुरुष हर्मोन एन्ड्रोजेनको उत्पादन बढी हुन्छ । जसको कारणले शरीरमा सिस्ट बन्न थाल्छ । यस कारण डिम्बग्रन्थि अनियमित हुन्छ र कहिलेकाहीँ त महिनावारी हुने क्रम पनि बन्द हुन्छ ।

गम्भीर बिमारी

यदि तपाईं मधुमेह, सिलिएक रोग जस्ता बिमारीको चपेटामा पर्नुभयो भने यसबाट पनि हर्मोनल परिवर्तन हुन थाल्छ र यस प्रकारका समस्याहरू सुरु हुन्छ । यसको कारणले महिनावारीको असन्तुलन हुनु सामान्य कुरा हो ।

सम्बन्धित खबर

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

हरियाणा । नाबालिग छोराले आफ्नै सौतेनी आमासँग भागेर विवाह गरेपछि हरियाणाको नुह जिल्लामा सनसनी फैलिएको छ। सम्बन्धलाई लज्जास्पद बनाउने यो घटनाले…
जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोट  । जिल्ला वन अधिकृतमाथि कुटपिट तथा कार्यालय तोडफोडको घटनामा संलग्न एक जना फरार अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ। जिल्ला…
विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

 अब विदेश भ्रमणमा जाने नेपालीले अधिकतम ३ हजार अमेरिकी डलरसम्म लैजान सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयको सीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *