• माघ २३, २०८१
  • No Comment
  • 15

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बदली रहि, तराई भुभागमा हुस्सु तथा कुहिरो

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशा खाले जनाएको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

कोशी प्रदेश– दिउँसो आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ। राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ।

मधेस प्रदेश– दिउँसो तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

बागमती प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी र तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।

गण्डकी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ। राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश– दिउँसो आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ। राति पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।

कर्णाली प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ। राति हिमाली क्षेत्रमा आंशिक बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ। राति हिमाली क्षेत्रमा आंशिक बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउ महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा पालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा पालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा खोप समन्वय समिति, महिला स्वयंसेवी समूह (म.स्वा.से.), र विद्यालय शिक्षकहरूलाई एच.पी.भि. (HPV) खोप अभियान २०८१ बारे अभिमुखिकरण…
कपाल झर्ने समस्याका कारण र समाधानहरू हेर्नुहाेस

कपाल झर्ने समस्याका कारण र समाधानहरू हेर्नुहाेस

पछिल्लाे समय मानिसहरूकाे कपाल झर्ने समस्या बढ्दाे क्रममा छ । सही जीवनशैली र हानिकारक बानीहरूको परिहार गर्नाले कपालको स्वास्थ्यमा ठूलो प्रभाव…
भायानेट कम्यूनिकेशनले गर्याे न्यानाे कपडा बितरण

भायानेट कम्यूनिकेशनले गर्याे न्यानाे कपडा बितरण

भायानेट कम्युनिकेसनले कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । आयोजित सहयोग कार्यक्रममा भायानेट कम्युनिकेसनले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *