• माघ ३, २०८१
  • No Comment
  • 169

हुम्लामा बिहानैबाट हिमपात, फेरी चिसो बढ्यो

हिमाली जिल्ला हुम्लामा बिहीबार बिहानबाट हिमपात भएको छ । बुधबार बेलुकाबाट हावाहुरी चलेको र रातभर मौसम बदली रहेको बेला हिमपात सुरु भएको हो ।

बिहानबाट जिल्लाभर हिमपात भएको सिमकोट गाउँपालिका–५ का लोकेन्द्र रावतले जानकारी दिनुभयो । बिहानभरि आकाशमा बादल लागेर हिमपात भएको उनले बताए । सिमकोटमा परेको हिउँ जमिनमा जम्न सुरु भएको छ भने चिसो बढेको उनले बताए ।

त्यसैगरि नाम्खा गाउँपालिकाका सबै वडामा पनि हिमपात सुरु भएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए । लिमीमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ ।

हिउँ पर्ने क्रम जारी रहेको बताउँदै उहाँले अग्ला स्थान न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए । हिउँ परिरहेको कारण चिसो निक्कै बढेको छ ।
हुम्लामा अहिले ७२ प्रतिशत पानि परिरहेको छ भने ७७ प्रतिशत पानि परिरहेको छ ।
यो हिमपात पाँचौं पटक हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।
हिउँ परेकाले हुम्लाको जनजीवन प्रभावित भएसगै यातायात तथा हवाई सेवामा ठप्प भएको छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *