• माघ ३, २०८१
  • No Comment
  • 24

बीमा रकम कै लागि भारतीयसँग मिलेर गरिन श्रीमानको हत्या

दुई महिना अघि घरभित्रै मृत भेटिएका कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको उनकै श्रीमतीले हत्या गराएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमती जनककुमारीले बीमा रकम कै लागि भारतीय नागरिकलाई प्रयोग गरी श्रीमानको हत्या गराएकी हुन् ।

अनुसन्धानको क्रममा प्रहरीले मृतक सियाराम रानाकी श्रीमती जनककुमारी र भारतीय नागरिक ३० वर्षीय फारुखलाई नियन्त्रणमा लिएको छ ।

राना आफ्नै घरभित्र १३ मंसिरमा मृत भेटिएका थिए । त्यसको भोलिपल्ट प्रहरीले उनकी श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा भारतीय नागरिकको समेत संलग्नता खुलेपछि प्रहरीले भारत उत्तर प्रदेशको लखिखमपुर खिरी जिल्लाको सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुखलाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले सियारामको हत्या उनकी श्रीमती जनककुमारी र भारतीय नागरिक फारुख मिलेर गरेको अनुसन्धानबाट खुलेको बताए । ‘भारतीय नागरिक फारुखले योजना बनाए पनि हत्या भने स्वयं श्रीमतीले नै गरेको बयान प्रहरीलाई दिएकी छन्,’ उनले भने ।

सम्बन्धित खबर

प्रेम सप्ताहको शुरुवात: आज ‘रोज डे’, गुलाबका रंगहरूको अर्थ

प्रेम सप्ताहको शुरुवात: आज ‘रोज डे’, गुलाबका रंगहरूको अर्थ

आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ, जसलाई प्रेमिल जोडीहरूले एक अर्कासँग प्रेम व्यक्त गर्ने अवसरको रूपमा मनाउने गर्दछन्। फेब्रुअरी…
माैसमी पुर्वानुमान : तराईमा हुस्सु, अन्य स्थानमा मौसम सफा रहने

माैसमी पुर्वानुमान : तराईमा हुस्सु, अन्य स्थानमा मौसम सफा…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। यसका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक…
चौकुने गाउँपालिकामा पालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा पालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा खोप समन्वय समिति, महिला स्वयंसेवी समूह (म.स्वा.से.), र विद्यालय शिक्षकहरूलाई एच.पी.भि. (HPV) खोप अभियान २०८१ बारे अभिमुखिकरण…

Leave a Reply

Your email address will not be published. Required fields are marked *