• पुस २६, २०८१
  • No Comment
  • 234

सुत्केरी हुन नसकेपछि हेलिकप्टरद्धारा उद्धार

कालिकोट जिल्लाको महावै गाउँपालिका–४ की २३ वर्षीया लालशोभा सिंह थापालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरद्धारा उद्धार  सुर्खेतकाे प्रदेश अस्पताल पुर्याइएकाे  छ।

उनको हिजो दिउँसो हेलिकप्टरद्धारा उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो ।

सुत्केरी ब्यथा लागेपछि बिहीबार राति महावै आधारभूत अस्पतालमा भर्ना गरिएकामा त्यहाँ सुत्केरी हुन नसकेपछि थप उपचारका लागि हिजो दिउँसो हेलिकप्टरबाट प्रदेशिक अस्पताल सुर्खेत ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नन्दीकुमारी शाहीले बताइन् । ‘सुत्केरी ब्यथा लागेपछि यहाँको आधारभूत अस्पतालमा आउनुभएको थियो । यहाँ उपचार हुन नसकेपछि उहाँलाई हेलिकप्टरद्धारा उद्धार गरी सुर्खेत पठाएका छौँ’, उनले भनिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रममार्फत थापाको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘गाउँपालिकामा यातायातको सहज पहुँच नभएकाले हेलिकप्टरबाट उद्धार गर्नु परेको हो’, उनले भने ।
अहिले उनको सुरक्षित उपचार भइरहेको जनाएको छ ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *