• पुस २६, २०८१
  • No Comment
  • 159

सुत्केरी हुन नसकेपछि हेलिकप्टरद्धारा उद्धार

कालिकोट जिल्लाको महावै गाउँपालिका–४ की २३ वर्षीया लालशोभा सिंह थापालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरद्धारा उद्धार  सुर्खेतकाे प्रदेश अस्पताल पुर्याइएकाे  छ।

उनको हिजो दिउँसो हेलिकप्टरद्धारा उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो ।

सुत्केरी ब्यथा लागेपछि बिहीबार राति महावै आधारभूत अस्पतालमा भर्ना गरिएकामा त्यहाँ सुत्केरी हुन नसकेपछि थप उपचारका लागि हिजो दिउँसो हेलिकप्टरबाट प्रदेशिक अस्पताल सुर्खेत ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नन्दीकुमारी शाहीले बताइन् । ‘सुत्केरी ब्यथा लागेपछि यहाँको आधारभूत अस्पतालमा आउनुभएको थियो । यहाँ उपचार हुन नसकेपछि उहाँलाई हेलिकप्टरद्धारा उद्धार गरी सुर्खेत पठाएका छौँ’, उनले भनिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रममार्फत थापाको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘गाउँपालिकामा यातायातको सहज पहुँच नभएकाले हेलिकप्टरबाट उद्धार गर्नु परेको हो’, उनले भने ।
अहिले उनको सुरक्षित उपचार भइरहेको जनाएको छ ।

सम्बन्धित खबर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ शरीर

मोटोपन हटाउने घरेलु उपाय: ६ असरदार खानेकुरा जसले बदल्छ…

काठमाडौँ – तौल घटाउनको लागि, भोकै नबस्नु, सही कुरा खानु महत्त्वपूर्ण छ। तपाईं डाइटिङ र व्यायाम गरेपछि पनि इच्छित परिणाम नपाएकोमा…
सुर्खेतमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

सुर्खेतमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-८ गौरीशंकर टोलका ४८…
सुर्खेतमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित तीन युवक पक्राउ

सुर्खेतमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित तीन युवक पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित तीन जना युवकलाई पक्राउ गरेको छ। उनीहरूलाई  साेमबार साँझ वीरेन्द्रनगर नगरपालिका-१० नयाँगाउँबाट पक्राउ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *