• पुस २५, २०८१
  • No Comment
  • 73

अत्यधिक चिसोका कारणा तराई मधेश प्रदेशको जनजीवन कष्टकर

अत्यधिक चिसो बढेपछि तराई मधेश प्रदेशको जनजीवन कष्टकर बनेको छ । मध्य पुससम्म खासै जाडो अनुभव नभएको तराईमा अहिले एक्कासी चलेको शीतलहरले घरबाहिर निस्कनै मुस्किल छ । दैनिक काम गरी गुजारा गर्ने मजदुर किसान अनि विद्यालय जानुपर्ने विद्यार्थीलाई सास्ती छ ।

धेरै विद्यालयले यतिखेर चिसोबाट जोगिन छुट्टि दिएका छन् । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।

चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए ।

उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ ।

 

सम्बन्धित खबर

फ्याटी लिभर हटाउन यी ६ चमत्कारी खानेकुरा

फ्याटी लिभर हटाउन यी ६ चमत्कारी खानेकुरा

काठमाडौँ ।पछिल्ला वर्षहरूमा नेपालीहरूमा फ्याटी लिभरको समस्या तीव्र रूपमा बढ्दो छ। अस्वस्थ खानपान, व्यायामको अभाव, र तनावपूर्ण जीवनशैलीका कारण कलेजो वरिपरि…
तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

पछिल्लो समय पश्चिमी देशहरूमा ‘स्लिप डिभोर्स’को प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । स्लिप डिभोर्समा जोडीहरू एउटै ओछ्यानमा नसुतेर अलग कोठा वा…
जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को…

काठमाडौँ । भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *