• पुस २२, २०८१
  • No Comment
  • 253

डेटिङ एपको दुरुपयोग गरी ७०० भारतीय युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने २३ वर्षीय युवक पक्राउ

डेटिङ एपको दुरुपयोग गरी ७०० भन्दा बढी युवती तथा महिलालाई ‘ब्ल्याकमेल’ गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन ।
दिल्लीका यमुनापारको शकरपुर गाउँ निवासी २३ वर्षीय तुषार बिस्ट पक्राउ परेको दिल्ली प्रहरीले जननएको छ ।
विष्टले १८ देखि ३० वर्षका युवतीहरूलाई प्रभावमा पारी ठगी गरेको पाइएपछि गत शुक्रबार पूर्वी दिल्लीको शकरपुर क्षेत्रबाट उनीलाई पक्राउ गरेको हो ।
बिस्टले च्याटमार्फत आफू अमेरिकामा रहँदै आएको बताउने गरेका थिए । उनले भर्चुअल अन्तर्राष्ट्रिय मोबाइल नम्बर र एक ब्राजिलियन मोडलको तस्बिर प्रयोग गरी नक्कली प्रोफाइल बनाएका थिए ।

विभिन्न युवतीलाई विश्वासमा लिएर उनले च्याटिङ गर्ने तथा अन्तरङ्ग फोटो तथा भिडियो हासिल गरेपछि ‘ब्ल्याकमेल’ गर्दै आएको प्रहरीको भनाइ छ ।

पूर्वी दिल्लीको स्कुल ब्लकमा रहँदै आएका उनी नोएडाको एउटा कम्पनीमा काम गर्दै आएका थिए ।

बिस्टले ब्ल्याकमेल गरेकै एक युवतीले १३ डिसेम्बरमा साइबर थाना पुलिसमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । उनको मोबाइलबाट ६० भन्दा बढी च्याटिङ डेटा प्राप्त भएको प्रहरीले जनाएको छ ।
व्

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *