• पुस २२, २०८१
  • No Comment
  • 201

डेटिङ एपको दुरुपयोग गरी ७०० भारतीय युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने २३ वर्षीय युवक पक्राउ

डेटिङ एपको दुरुपयोग गरी ७०० भन्दा बढी युवती तथा महिलालाई ‘ब्ल्याकमेल’ गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन ।
दिल्लीका यमुनापारको शकरपुर गाउँ निवासी २३ वर्षीय तुषार बिस्ट पक्राउ परेको दिल्ली प्रहरीले जननएको छ ।
विष्टले १८ देखि ३० वर्षका युवतीहरूलाई प्रभावमा पारी ठगी गरेको पाइएपछि गत शुक्रबार पूर्वी दिल्लीको शकरपुर क्षेत्रबाट उनीलाई पक्राउ गरेको हो ।
बिस्टले च्याटमार्फत आफू अमेरिकामा रहँदै आएको बताउने गरेका थिए । उनले भर्चुअल अन्तर्राष्ट्रिय मोबाइल नम्बर र एक ब्राजिलियन मोडलको तस्बिर प्रयोग गरी नक्कली प्रोफाइल बनाएका थिए ।

विभिन्न युवतीलाई विश्वासमा लिएर उनले च्याटिङ गर्ने तथा अन्तरङ्ग फोटो तथा भिडियो हासिल गरेपछि ‘ब्ल्याकमेल’ गर्दै आएको प्रहरीको भनाइ छ ।

पूर्वी दिल्लीको स्कुल ब्लकमा रहँदै आएका उनी नोएडाको एउटा कम्पनीमा काम गर्दै आएका थिए ।

बिस्टले ब्ल्याकमेल गरेकै एक युवतीले १३ डिसेम्बरमा साइबर थाना पुलिसमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । उनको मोबाइलबाट ६० भन्दा बढी च्याटिङ डेटा प्राप्त भएको प्रहरीले जनाएको छ ।
व्

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *