• पुस २१, २०८१
  • No Comment
  • 112

एलिट कपः पुलिसविरुद्ध आर्मी १२१ रनमा अलआउट

नेपाल क्रीकेट संघ क्यानको आयोजनामा सुरु भएको जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रीकेटमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब १२१ रनमा अलआउट भएको छ ।

पर्सामा टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ३४ ओभर ४ बलमा १२१ रनमा समेटिएको हो । आर्मीलाई सस्तोमा समेट्न पुलिसका ललित राजवंशीले ७ विकेट लिए ।

१४ ओभर ४ बल बलिङ गरेका ललितले ४७ रन खर्चेर ७ विकेट लिए । कुशल भुर्तेल, श्रवण यादव र रसिद खानले एकएक विकेट लिए ।

आर्मीका कुशल मल्लले सर्वाधिक २५ रन जोडे । भीम सार्की २२, कप्तान विनोद भण्डारी २१, पवन कार्की १५, बसिर अहमद १२ र शाहव आलमले ११ रन बनाए ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *