• पुस २०, २०८१
  • No Comment
  • 113

कानुनी शासनमा कोही कसैले ठगी र बदमासी गरे प्रहरीले पाता फर्काएर लैजान्छ : महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुनी शासनमा कोही कसैले ठगी र बदमासी गरेर प्रहरीको कठघरामा उभिनुपर्ने बताएका छन् । बोलीचालीको भाषामा यसलाई प्रहरीले पाता फर्काएर लैजान्छ भन्ने थापाले बताए । शनिवार आयोजित गण्डकी कांग्रेसको एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री गगनले यस्तो बताएका हुन् ।

‘सहकारी खोलेर ठग्यो भने । त्यो सहकारीको पैसा लगेर महिनामा आठौँ लाख, १० औँ लाख तलब खाएर लुटपाट गर्‍यो भने, त्यसलाई के गर्छ प्रहरीले ? हाम्रो बोलीचालीको भाषामा पाता फर्काएर लैजान्छ,’ महामन्त्री गगनले भने, ‘त्यही होइन कानुनको शासन भनेको ? सबैलाई बराबर हुनुपर्छ होइन ?’

यदि सहकारी ठगीमा कांग्रेस नेता पनि परेको भए आफूले यसै गरी पाता फर्काएर लैजान गृहमन्त्री र प्रधानमन्त्रीसमक्ष भनिरहेको महामन्त्री गगनले बताए ।

‘नेपाली कांग्रेसको नेता होला पदाधिकारी होला ठुलै मान्छे होला मैले यहाँबाट होइन, बाहिर मात्र होइन सरकारको गृहमन्त्रीलाई, प्रधानमन्त्रीलाई कोठाभित्र भनिरहेको छु, सार्वजनिक पनि भन्छु । यदि कांग्रेसको नेता, पदाधिकारी कोही मान्छे सहकारीको ठगीमा कहीँ कतै संलग्न देखिएको छ भने त्यसै गरी पाता कसेर लैजानुस्,’ महामन्त्री थापाले भने ।

आफूलाई कृषिको अनुदान हिनामिनाको आरोप लगाउने भिडलाई पनि प्रमाण सहित ल्याएर यसै गरी पाता फर्काएर लैजान गगनले चुनौती दिए । उनले भने, ‘मलाई बेलाबेलामा खास गरीकन नेकपा एमालेका साथीहरूले सुरु गरेको कृषिको अनुदानमा गडबड गर्‍यो भन्ने विषय आयो । म पटक पटक भनिरहेको छु, म नेपाली कांग्रेसको सदस्य गगन थापाले कुनै एउटा नागरिकले सार्वजनिक सम्पत्ति अघि मैले भनेजस्तै अनुदान पनि अपचलनमा उसलाई दण्ड लाग्छ भने मलाई झन् बढी लाग्नुपर्छ । किनकि म सार्वजनिक पदधारी मान्छे हुँ । मलाई पाता कसेर लगिहाल्नु पर्छ ।’

महामन्त्री गगनले त्यसरी प्रहरीको थुनामा रहेका व्यक्तिबारे पार्टीको झन्डा बोकेर सडकमा तमासा देखाउन नहुने पनि सङ्केत गरे ।

‘अनि मलाई पाता कसेर लगेको छ भने मलाई तपाई माया गर्नु हुन्छ गर्नुस्, सहानुभूति देखाउनुहुन्छ देखाउनुस्, भेट्न आउनुहुन्छ भने आउनुस्, तर झन्डा लिएर बाहिर नआउनुस् ।झन्डा लिएर हाम्रो दाइ भनेर नआउनुस्,’ गगनले भने ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *