• पुस १९, २०८१
  • No Comment
  • 139

बझाङमा भएको जिप दुर्घटनामा चालकसहित ५ जनाको मृत्यु

बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएका जिप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।

विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको र कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको गरी पाँच जनाको मृत्यु भएको हो ।

सुकगाडमा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीकी छोरी पाँच वर्षीया आकृतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले जानकारी दिए ।

चालक सहित तीन जनाको घटनास्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शुक्रबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको उक्त जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

विहीबार राति नै करिब नौ बजेतिर सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९८ नम्बरको जिप बझाङको कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जिप चालक धर्म थापाको मृत्यु भएको छ । चालक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त जिप मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जाँदै थियो ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *