• पुस १८, २०८१
  • No Comment
  • 163

स्वीजरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध

नयाँ वर्षसँगै स्विट्जरल्याण्डमा सार्वजनिक स्थलमा हिजाब, बुर्का वा अन्य कुनै पनि माध्यमले अनुहार छोप्न प्रतिबन्ध लागेको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अखनुसार हिजाब र बुर्का लगाएरमा १००० स्विस र्फ्याङ्क अर्थात् करिब १ लाख ५३ हजार रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने हुन्छ ।

 

सन् २०२१ मा स्विजरल्याण्डमा भएको जनमत संग्रहमा ५१.२१ प्रतिशत नागरिकले बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए । यसपछि बुर्कामाथि प्रतिबन्ध लगाउने कानुन बनेको हो, जुन १ जनवरी २०२५ बाट लागु भएको छ ।

स्विट्जरल्याण्ड भन्दा पहिले बेल्जियम, फ्रान्स, डेनमार्क, अस्ट्रिया, नेदरल्याण्ड र बुल्गेरियामा पनि यस सम्बन्धमा कानुन बनिसकेको छ । यो कानुन लागेपछि सार्वजनिक कार्यालय, सार्वजनिक यातायात, रेष्टुरेन्ट, पसललगायत सार्वजनिक स्थानमा महिलाले अनुहार पूरै ढाक्न पाउने छैनन् ।

सन २०२२ मा स्विस संसदको तल्लो सदन राष्ट्रिय काउन्सिलले अनुहार छोप्न प्रतिबन्ध लगाउने कानूनमा मतदान गरेको थियो। यस समयमा १ सय ५१ सदस्यले पक्षमा र २९ सदस्यले विपक्षमा मतदान गरेका थिए । त्यसपछि यस सम्बन्धमा कानुन बन्न सहज भएको थियो ।

यो प्रस्ताव दक्षिणपन्थी स्विस पिपुल्स पार्टी (एसपीपी) ले राखेको थियो, जबकि केन्द्र र ग्रीन पार्टीहरू यसको विरोधमा रहेका थिए। कतिपयले यो कानुनले मुस्लिम महिलालाई अनुचित रूपमा लक्षित गरेको बताएका छन् । यस कानूनलाई समर्थन गर्नेहरूले यो सार्वजनिक स्थानहरूमा सांस्कृतिक मूल्य र सुरक्षाको लागि आवश्यक कदम भएको दाबी गर्छन्।

लुसर्न युनिभर्सिटीले २०२१ मा गरेको अनुसन्धान अनुसार स्विट्जरल्यान्डमा सायदै कसैले बुर्का लगाउँछन्। सन २०२१ मा जम्मा ३० जना महिलाले मात्र हिजाब वा वुर्का लगाएको भेटिएको थियो । सन २०२१ को अनुसार स्विट्जरल्याण्डको ८.६ मिलियन जनसंख्याको लगभग ५ प्रतिशत मात्र मुस्लिमको आबादी रहेको छ, जसमध्ये अधिकांश टर्की, बोस्निया र कोसोभोबाट आप्रावासीको रूपमा स्वीजरल्याण्ड आएका थिए ।

यसअघि सन् २००९ मा जनमत संग्रहबाट मिनार निर्माणमा प्रतिबन्ध लगाइएको थियो । यो प्रस्ताव पनि एसपीपी पार्टीले राखेको थियो। यस प्रस्तावमा भनिएको थियो कि यी मीनारहरू इस्लामीकरणको संकेत हो।

सम्बन्धित खबर

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा २१ वर्षीय युवकको मृत्यु, निष्पक्ष छानबिनको माग

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा २१ वर्षीय युवकको मृत्यु,…

सुर्खेत, वीरेन्द्रनगर — जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका २१ वर्षीय साकिर बक्सको मृत्यु भएपछि घटनालाई लिएर निष्पक्ष र पारदर्शी छानबिनको…
चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *