• पुस १७, २०८१
  • No Comment
  • 161

सातै प्रदेशमा पुस १८ देखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै, ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले पुस १८ देखि सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गर्ने भएको हो ।
उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाइएको छ ।

शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्त्रीरोगसम्बन्धी महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईएंं) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायत सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुने बैंकले जनाएको छ ।  प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरी स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार पुस १८ मा बागमती प्रदेश अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित सरस्वती टोल र मधेश प्रदेशअन्तर्गत बाराको कलैया उपमहानगरपालिका–१ स्थित राजदेवी मन्दिर हलमा शिविर सञ्चालन हुनेछ ।  यसैगरी पुस २० मा गण्डकी प्रदेशअन्तर्गत पर्वतको मोदी गाँउपालिका–१ स्थित भुक स्वास्थ्य चौकीमा, पुस २१ मा कोशी प्रदेशअन्तर्गत मोरङको विराटनगर महानगरपालिका–१२ स्थित आधारभूत स्वास्थ्य चौकीमा, पुस २३ मा लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको शैनामैना नगरपालिका–११ स्थित परिवार नियोजन संघको क्लिनिकमा शिविर सञ्चालन हुनेछ ।

यसै गरी पुस २६ मा कर्णली प्रदेशअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित दौलाटपुर स्वास्थ्य चौकीमा र पुस २८ मा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–८ स्थित स्याउले आधारभूत स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *