• पुस १७, २०८१
  • No Comment
  • 125

सातै प्रदेशमा पुस १८ देखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै, ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले पुस १८ देखि सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गर्ने भएको हो ।
उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाइएको छ ।

शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्त्रीरोगसम्बन्धी महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईएंं) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायत सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुने बैंकले जनाएको छ ।  प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरी स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार पुस १८ मा बागमती प्रदेश अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित सरस्वती टोल र मधेश प्रदेशअन्तर्गत बाराको कलैया उपमहानगरपालिका–१ स्थित राजदेवी मन्दिर हलमा शिविर सञ्चालन हुनेछ ।  यसैगरी पुस २० मा गण्डकी प्रदेशअन्तर्गत पर्वतको मोदी गाँउपालिका–१ स्थित भुक स्वास्थ्य चौकीमा, पुस २१ मा कोशी प्रदेशअन्तर्गत मोरङको विराटनगर महानगरपालिका–१२ स्थित आधारभूत स्वास्थ्य चौकीमा, पुस २३ मा लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको शैनामैना नगरपालिका–११ स्थित परिवार नियोजन संघको क्लिनिकमा शिविर सञ्चालन हुनेछ ।

यसै गरी पुस २६ मा कर्णली प्रदेशअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित दौलाटपुर स्वास्थ्य चौकीमा र पुस २८ मा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–८ स्थित स्याउले आधारभूत स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *